Monday, April 24, 2017

बैकल्पिक शक्तिको रडाको किन?


अहिले स्थानीय चुनाबको रौनक छ, २० बर्ष पछि आएको नागरिक सर्बोच्चताको सुनिश्चिताको लागि र बिकाशको पहलकदमीमा खबरदार गर्नको निम्ति यो चुनाब नितान्त आबस्यक छ र अहिले मिडियामा आए अनुसार त्यहि पनि भैराखेको छ|

एकथरी भन्ने गर्छन २० बर्ष देखि नेतृत्व लिन तम्सेर बसेकाहरुलाइ अगाडी नलगाई नयाँ पिंढीले नेतृत्व पाउन कठिन छ र अर्को थरि पनि भन्ने गर्छन बुढाले मात्रै नेतृत्व ओगटेर अहिले देशको हालत यस्तो भएको हो त्यसैले यो चुनाबबाटै नयाँ पिंढी नेतृत्वमा आउनु पर्छ| र त्यसै अनुरुप युवा पिंढीहरु पनि राजनीतिमा आउन तछाड र मछाड गर्दै अगाडि तम्सिराखेका छन्|

सबैको आ-आफ्नो सोचाई र बुझाइ हुन्छ हुनुपनि पर्छ त्यसैले त बहस सिर्जना गर्छ र सोहि बहसबाट उपयुक्त नेतृत्व आउने गर्छ| अहले त्यहि अनुरुप सामाजिक संजालमा बहस चलिराखेको छ जुन नितान्त आबस्यक छ | जसले गर्दा मतदाताले उपयुक्त नेतृत्व छान्ने अवसर पाउने गर्छन|

काठमाडौँको मेयर पदको लागि रन्जु दर्शना जो सम्भबत: सबै भन्दा कम उमेरमा काठमाडौँको मयेर पदको लागि चुनाबि मैदानमा उत्रने व्यक्ति हुन् र सायद पहिलो महिला जो देशको राजधानीको मेयरको दाबेदारी दिएकी छन्| धेरैले यसलाई विभिन्न तरिकाले आफ्नो सोचाइ अनुसार बहसमा उत्रेका छन्| त्यहि पंक्तिमा म पनि लाइन लागेको छु|

सर्बप्रथमत: उमेरको बहस—राजनीतिमा सक्षम व्यक्तिलाइ चुन्ने हो उमेरलाइ होइन, उमेर भनेको सधै गौण हुन्छ र हुनुपर्छ पनि जसले उमेरको कारणले उनको उमेद्वारीलाइ योग्य होइन भन्छ उ परिबर्तनकारी [बजारमा भएको परिबर्तनकारी “शक्ति” भन्दा पृथक] होइन भन्ने मेरो बुझाइ छ| मैले भन्न खोजेको परिबर्तनकारी भन्नाले हामीले भोगीराखेको समस्याको समाधान आधुनिक तरिकाले गर्ने हो नकि केहि “दल” बिशेषले [केहि समयअगाडी देखि परिबर्तनको हवाला दिदै अहिलेको समस्या सिर्जना गरिएको “परिबर्तन”को ब्याख्या] भन्ने गरेको परिबर्तन| यसको लागि उमेद्वारको उमेर भन्दा पनि “नेटिजन” [डिजिटल नागरिक] र त्यसको ब्यापक सम्भावना बुझेको र प्रबिधि नै अबको बिकाशको मुख्य द्वार हो भन्ने बुझेको व्यक्ति हुनु पर्छ जसको लागि उमेर गौण हो|

दोश्रो अनुभबको बहस: नेतृत्वको लागि अनुभब एक नितान्त आबस्यक कुरा हो तर अनुभब भन्नाले के बुझ्ने? समस्या भोगेको अनुभब वा समस्या समाधान गरेको अनुभब? समस्या समाधान गरेको अनुभबी खोज्ने हो भने हामीले सबै देखि सकेका छौ कसले कुन ठाउमा बसेर कति काम गरे र गरेनन भनेर| पहिले काम गर्न सकेन अहिले गर्ने प्रण गर्छु भनेर जो कोहि आउछ भने उसलाई “नमस्कार” भन्दा अरु केहि गर्न सकिन्छ जस्तो लाग्दैन किनकि जतिसुकै इमानी जमानी भनेर भनेर बिज्ञापन गरिए पनि उसको खुबिलिटी हामीले देखिसक्यौ त्यसैले नयाँ पिढीलाइ नेतृत्व गर्ने अवसर दिनुको कुनै बिकल्प छैन|

अब रह्यो बैकल्पिक शक्तिको बहस: यो अलि रमाइलो छ त्यसैले मलाई केहि लेखौ लेखौ लागेको हो| सर्बप्रथम हामीलाई किन बैकल्पिक शक्ति आबस्यक पर्यो र यसको मुख्य आधार के हो? यदि पहिले नै भएको राजनैतिक शक्तिले काम चल्ने भएको भए यो आबस्यक पर्ने थिएन र जसले नयाँ बैकल्पिक शक्तिको हवाला दिएर पार्टी खोले त्यो अन्य जडदलबादीहरुको कम्पनि लिमिटेड स्टाइलमा यसलाई मोडेर बैकल्पिक शक्तिको उपहास गर्नु फेरी पनि “सम्वृद्धि हाम्रो पालामा” भन्ने जुन आम भावना छ त्यसलाई कुठाराघात गर्नु भन्दा अर्को केहि होइन भन्ने मेरो बुझाइ हो| त्यसैले हामीले अबको काठमाडौँ महानगरको चुनाबमा यो कुरालाइ साबित गर्नै पर्छ किन भने यदि हामीले अहिलेको स्थानीय चुनाबमा यो सबक सिकाएनौ भने संसदीय चुनाबबाट हाम्रो सम्पूर्ण सपना चकनाचुर हुन्छ| मेरो मतलब, काठमाडौँ एक महत्वपूर्ण स्थान त हो जसले देशको समग्र राजनीतिक र बिकाशलाइ दिशा दिन सक्छ तर अहिलेको अवस्थामा काठमाडौँलाइ “सम्वृद्धि हाम्रो पालामा” भन्ने भावना बोकेकाहरुको भावना अनुसार उमेद्वारी नभएको खण्डमा यो नारा मेरो हो भन्ने मद्धे एक उमेद्वारले त चुनाब हार्छ नै तर त्यो हार एकको होइन सम्पूर्ण बैकल्पिक शक्ति खोज्ने नेपालीको सपना माथि कुठाराघात हुन्छ जसले झन् धेरै बितृष्णा पैदा गर्छ र संसदीय चुनाबमा अघिल्लो पटक बिबेकशिलको उम्मेदवारी र उसले पाएको भोट जस्तो झन् भयाबह हुने निश्चित छ| त्यसैले हामीले यी दुइ मद्धे एकलाई राम्रै संग सबक सिकाउनु पर्छ किनकि स्थानीय चुनाब जितेर आउनेको स्थानीय स्तरमा इम्प्याक्ट हुन्छ भने संसदीय चुनाबबाट चुनिएर आउनेहरुको देशब्यापी इम्प्याक्ट हुने गर्छ जुन हामी समग्र कुनै पार्टीमा नलागेको वा अहिलेको दल बिसेषबाट बितृष्णा भएकाहरुको भावनामा बढी नै खेलवाड हुने निश्चित छ| अर्को भने अहिले बैकल्पिक शक्तिका उमेद्वारले जितेको खण्डमा आउदो संसदीय चुनाबमा धेरै ठाउमा जित्न सकिन्छ नत्र कुरो घुमिफेरी रुम्जाटार!

राजनैतिक इतिहासमा खासै ज्ञान छैन, तर “कम्युनिस्ट”हरु फुटेर धेरै टुक्रा नभएको भए, “मावोबादी”हरु फुटेर धेरै नभएको भए, “मधेसबादी शक्ति”हरु फुटेर धेरै टुक्रा नभएको भए वा यस्तै यस्तै नभएको भए धेरै नेपालीले अनाहकमा ज्यान गुमाउनु पर्ने थिएन| अहिले लागिराखेको “समृद्धि हाम्रै पालामा” भन्ने पपुलिस्ट नारा लगाइराख्नु पर्ने थिएन यसको अलावा हामी कोरियाको जस्तो, सिंगापुरको जस्तो “---सूचांकमा बिस्वमा न. १” भन्ने लक्ष अबको २/४ बर्षमा भेट्टाउने भनेर लगाइन्थ्यो होला| प्रत्येक बर्ष हाम्रो खुसियाली बर्ष हुन्थ्यो होला जुन कोरियाले 1976 तिर १००० अमेरिकी डलर जीडीपी पुर्याको दिनलाइ ऐतिहासिक मनाए र त्यस पछि उनीहरु प्रत्येक बर्षलाइ बिस्व न. १ बन्ने होडमा दौडिराखे जसरि हामि पनि दौदिन्थौहोला तर बिडम्बना त्यो भएन| कुनै जोगी धेरै खरानी घस्दै आउछन र एसो ओल्टाई पल्टाई हेर्यो त्यसको पनि कान चिरेकै हुन्छ अनि भन हाम्रो सपना कैले सम्म यसरि बैकल्पिक शक्तिको नाममा जुन मावोबादीले के के न गर्छौ भन्दै लुटे, मधेशबादीले केके न गर्छौ भन्दै लुटे र तिमीहरु पनि लुट्छौ? कि बैकल्पिक शक्ति भनेर हौवा नफिजाउ किनकि यत्तिका दिन सम्म हामी तिनै गन्हाउने नेताहरु पार्टीहरु कै “अबको ५ बर्षमा ५००० डलर प्रतिव्यक्ति आय” जस्ता छेउ न टुप्पोको सपनामा रम्दै बानि परेका छौ र र त्यसैमा रम्छौ पनि अब भयो पुग्यो थप गन्ध नफैलाउ|

मेरो यो व्यक्तिगत आक्रोश भएपनि मलाई लाग्छ म जस्तै धेरैले यस्तै यस्तै भनेका होलान| बिबेकशील पार्टी आयो वाह वाह नारा हेर --- शाझा पार्टी आयो वाह वाह नारा हेर.... नारा त सबका सबले देकै थिए तर यिनीहरुमा चाही केहि गर्लानकि जस्तो छ है किन कि अरु “जोगी बन्न राजनीति गर्या हो र?” भन्दै राजनीति गर्न छिरेका थिए तर यिनीहरु “अब चाही अति भयो” भन्दै आफ्नो भए गरेको अवस्थालाइ छोडेर राजनीतिमा आएका छन् भन्ने लाग्थ्यो| तर अहिले दुबैको “निर्बाचन आयोग”ले दिएको हैसियत एउतै छ, राजनीतिमा छिर्नु भन्दा पहिले पहिल्याएको समस्या र त्यसको समाधानको उपाय देखि धेरै धेरै समाचारमा आएका कुराहरु र यससंग आबद्ध भएका व्यक्तिहरुको इन्टरभिउ तथा लेख पढदा उस्तै लाग्थ्यो र अझै पनि लाग्छ| तै पनि अहिलेको काठमाडौँको चुनाबमा किन यत्तिको रडाको? के को दम्भ हो? कि ति विभिन्न माध्यमबाट आएका प्रतिबद्धताहरु फगत गफ हुन्? भनौ यी द्विविधाको बीचमा मैले के भनेर भोट हालौ? म कसैको रेगुलर दुहुनो गाइ जस्तो अन्धो भोटर होइन अहिले सम्म इस्स्युको आधारमा भोट हालेको छु र मैले हालेको भोट खेर गएको छैन| एक पटक नेता ज्युले उठाएको अजेण्डा सार्है मन परेको थियो तर उनको बिगतको एउटा काण्ड समाचारमा (साचो थियो या गलत त्यो त्यो समाचार छाप्ने रास्ट्रिय दैनिक जानोस) पढेको थिए त्यहि भएर अजेण्डा मन पर्दा पर्दै पनि अर्को उनको प्रतिद्वन्दीलाई भोट (मेरो भोट खेर जावोस तर भ्रस्टलाइ लालमोहोर लगाइदिन्न भनेर) हाले तर पनि मेरो भोट खेर गएन| त्यसैले म यो पटक सोच्न बाध्य छु मलाइ अजेण्डा त मन परेको छ तर हार्ने नेतालाइ भोट हालेर कसरि क्रमभंगता गरौ?

अर्को मेरो बिनम्र अनुरोध, यदि देश बनाउनु छ भने शुरुवात काठमाडौँबाट गरौ किन भने काठमाडौँ बन्यो भने ललितपुर, भक्तपुर त अबस्य बन्छ नै किन कि यी तिन शहर (जिल्ला) बीच कुनै रेखा छैन एउटा बन्ने अर्को नबन्ने हुदैन र यसको रिप्पल इफेक्टले गर्दा पोखरा बिराटनगर जस्ता अरु ठुला सहरपनि अबस्य बन्छन जुन दोश्रो काठमाडौँ बन्ने होडमा छन् र बाकि भनेको यी सहरहरु सहित र यसबाट सिंचित नया नेताहरुले देशलाइ अगाडी बढाउने छन्|


र अन्तमा हामि सर्ब साधारण जनता राजनीतिलाइ फोहोरी खेल भन्छौ र अहिले बैकल्पिक शक्ति “ढल सफा गर्न नालीमा हाम फाल्नु पर्छ” भन्दै त्यो फोहोर सफा गर्न आएको रे तर सफा गर्ने व्यक्ति नै फोहोरमा लडीबुडी गर्न लागेको भान हुन थालेको छ|

फरक प्रसंग, जो सुकैले जितोस, चाहे बैकल्पिक चाहे मुलधार यी कुराहरुलाई प्रथामिकतामा राख्नु होला
१) काठमाडौँ र यसका आसपासमा नगरसंगको सहकार्यमा मेघा सिटीको अबधारानालाइ अगाडी बढाउनुहोस, किनकि काठमाडौँको तात्विक सुधार भनेको उपत्यकाको सुधारले मात्रै हुन्छ|
२) Open Data लाइ बढी प्रथामिकता दिनुहोस, काठमाडौँलाइ data driven economy बनाउनुहोस् जसले गर्दा तपाइको स्मार्ट सिटिको सपना चाडै साकार हुन्छ|
३) निजि क्षेत्रसंग सहकार्य गर्नुहोस (बिशेष गरि सूचना प्रबिधिमा)
४) e-Government प्रोजेक्टलाइ प्राथमिकतामा राख्नुहोस, विद्युतीय payment system नगर्नेलाइ कारबाही गर्नुहोस,
५) काठमान्डूको सम्पूर्ण क्षेत्रफलमा काठमाडौँको अधिकार हुन्छ यसमा केन्द्र र प्रदेशको कुनै पनि हस्तछेप अस्विकार गर्ने आँट गर्नुहोस, यदि काठमाडौँ चाहन्छ भने बालुवाटार, सिंहदरबारको क्षेत्रलाइ पनि नियन्त्रण गर्न सक्छ, तर मिडियाबाजी भन्दा पनि योजनाबद्ध हुनु पर्यो| यहाँ भएका जुनसुकै समस्या काठमाडौँको समस्या हो प्रदेश र केन्द्रको समस्या होइन र त्यसै अनुसार डिल गर्नुहोस|
६) मुख्य कसरि उद्योगमा लगानी बढाउने, शिक्षालाइ ब्यबस्थित गर्ने, काठमाडौँमा हुने जुन सुकै र जे सुकैको नाममा अन्य शहर भन्दा बढी आन्दोलन हुने गर्छ त्यसको नियन्त्रण कसरि गर्ने भन्ने सोच्नुहोस,


र अर्को ड्रिम देख्नुहोस साधारण कुरामा न अल्झिनुहोस! अहिलेको धुवा धुलो, लोडसेडिंग, पानिलाइ कुनै चुनाबी योजना भनेर खोक्नु पर्दैन यो अति ठुलो समस्या हो समस्या यसको समस्या यसरि गर्छु भनेर स्केच गर्दा हुन्छ यो मुख्य समस्या होइन, समस्या भनेको काठमाडौँबासिलाइ सुरक्षित जीवन, अत्याधुनिक प्रबिधिको प्रयोगकर्ता, रोजगारीको अवसर कसरि सिर्जना गर्ने स्पस्ट प्लान ल्याउनुहोस| बिस्वको अत्याधुनिक सिटिको सपना देख्नुहोस तर त्यसको कपि होइन हाम्रो मौलिकता झाल्किने खालको त्यसैले काठमाडौँलाइ अत्याधुनिक काठमाडौँको सपना देख्नुहोस!
 

No comments:

Post a Comment