Tuesday, March 21, 2017

गाउपालिका अध्यक्षको लागि उमेद्वारी

आदरणीय मतदाता दाजु भाइ दिदी बहिनीहरूमा नमस्कार


१९ वर्ष पछि फेरी स्थानीय निर्वाचनमा तपाइँ हामीले आफ्नो प्रतिनिधि आफैले चुन्ने अवसर आएको छ| प्रजातन्त्रको स्थापना पछि हामीले धेरै मन लागि नलागी आफ्नो प्रतिनिधि चुनेर पठायौ र उनीहरूले गरेका विकाश र अवसरको सिर्जनाहरू पनि हामीले प्रत्यक्ष रूपमा देख्न पायौ| हालसम्म तपाइँहरूले चुनेर पठाएका प्रतिनिधिहरू कति कुनै पार्टीको झण्डा मुनि बसेर चुनाव लडे होलान् त कोही स्वतः स्फुर्त रूपमा लडे होलान् तर जे भए पनि उनीहरूले प्रतिनिधि नभएको अवस्थामा भन्दा केही न केही त अबस्य नै गरे जुन तपाई हामी सबैलाई सर्व विदितै छ| त्यही प्रतिनिधि बिहिन अवस्थामा नभएको कामहरू गर्नको लागि र भएको भए पनि तथा अझ द्रुत गतिमा गर्नको लागि फेरी हामीले हाम्रो प्रतिनिधि चुन्ने अवसरलाई यो पटक खेर फाल्नु हुँदैन जस्तो भए पनि अबस्य चुन्नु नै पर्छ र धेरै व्यक्तिहरू यही निराशालाई चिर्नको लागि आफ्नो उमेदवारि दिने भएका छन् र सोही भीडमा म पनि उभिएको छु| मैले अरू प्रतिनिधिले के कस्तो कार्यक्रम ल्याउँछन् र को कुन पार्टी समर्थनमा तपाइको प्रतिनिधि बन्न चाहन्छन् भन्ने कुनै अड्कल काटेको छैन| तै पनि म त्यो भीडको एक पात्र हो जो कुनै पार्टीको झण्डा नबोकी हाम्रो लागि आबस्यक विकाश र अवसरको खुड्किलो बनाउन सक्षम छु भनेर मेरो उमेदवारी दिएको छु आशा छ तपाइले मेरो उमेदवारीलाई उत्सुकताको साथ लिएर मलाई विश्वास गर्नु भइ ताईहरूको नेतृत्व गर्ने अवसर दिनु हुने छ|


गत स्थानीय चुनावमा उमेर हदको कारणले मैले आफैले प्रतिनिधि चुन्ने अवसर पाइन तर त्यस समयमा वडा सदस्य देखि अध्यक्ष सम्मले आ-आफ्नो चुनाव प्रचारको लागि सुभेच्छुक मार्फत धेरै प्रचार प्रसार गरेको थिए| यदि १९ बर्ष अघिको कुरा बिर्सी सक्नु भयो भने गत चुनाबमा पनि  हाम्रो प्रतिनिधि बन्न आकांक्षीहरुले धेरै प्रचार प्रसार गरेका थिए र आफ्नो घोषणा पत्र भाषण मार्फत अथवा पम्पलेट मार्फत तपाई हामी समक्ष प्रस्तुत गरेका थिए त्यस अनुसार उनीहरूले के के गरे र के के गर्न बाकी छ भन्ने तपाइँ हामी सबैलाई थाह छ र अब उनीहरुले दिएको जुन सुकै घोषणा पत्रमा तपाई हामीले विश्वास गर्ने कि नगर्ने भन्ने प्रस्ट रूपमा उनीहरूले केही न केही संकेत छोडेर गएका छन् आशा छ तपाइले उक्त संकेतलाइ राम्रोसँग बुझ्नु हुनेछ |


हामी दुर्गम जिल्लावासी हौं यसको मतलब यो हैन कि हामी सधैँ र सबै कुरामा दुर्गम नै हौ हाम्रो पहुँच सबै र सबै कुरामा पुग्न सक्दैन| यसको छिनोफानो अब हुनु पर्छ र जसले त्यो विश्वास दिलाउन सक्छ उसलाई तपाइले चुनेर पठाउनु हुने छ भन्ने अटुट विश्वास छ| हिजो चुनेको प्रतिनिधिमा कहाँ के खोट थियो र भोट दिने बेलामा कुनै खोट नदेखिएको भएता पनि पछि गएर के नराम्रो काम गर्यो जसले हामीलाई सदैव दूर-दराजको भोटर वा भोट ब्यांकमा मात्रै चित्रित हुन बाध्य बनायो त्यो लेखा जोखा हुनु जरुरी छ| यो चुनाव नितान्त स्थानीय स्तरमा विकास र अवसरको सिर्जना गर्ने प्रतिनिधि चुन्ने अवसर हो न कि कुनै राजनीतिक धारणा वा परिवर्तन गर्ने प्रतिनिधि छान्ने| त्यसैले यदि कसैले राजनीतिक कुरा गर्छ भने र त्यसको आश्वासन बाँड्छ भने त्यो व्यक्तिबाट हाम्रो विकास सम्भव छैन| यहाँ ठूलो नाक भएको ठूलो जीउडाल भएको भन्दा पनि कसरी हाम्रो बेरोजगारीको समस्या र अन्य आर्थिक गतिविधिलाई समय सापेक्ष अगाडी लैजान सक्छ भन्ने कुरा प्रमुख हो|


हिजो पार्टीको झण्डामा चुनाव लड्नेहरुले पार्टीगत स्वार्थमा मात्रै लागे र तपाइँ हामीलाइ भोटर वा चुनावको खर्चदाताको रूपमा मात्रै व्यवहार गरे, जुन अब फेरी दोहोरिन्छ या दोहोरिँदैन, आफ्नो स्वार्थको लागि उनीहरुले सक्षमलाइ बिभिन्न बहानामा पाखा लगाए जसको उपजले गर्दा हामी चरम आर्थिक असमानता तिर धकेलियौ त्यसैको उपज हामीले लामो सशस्त्र युद्धको सामना गर्नु पर्यो| त्यो नितान्त आर्थिक असमानताले निम्त्याएको थिए तै पनि त्यसलाई राजनीतिक रूप दिएर कुनै एलिट सोच भएकाहरुको लागि हामी उनीहरूको सफलताको सिँढी बन्न बाध्य भयौ तर तपाई हाम्रो स्तर भनेको हिजोको अवस्था र आजको अवस्थामा केही फरक छैन न त हाम्रो नानी बाबुले राम्रो पढ्ने अवसर पाएका छन् न त हामीले खाडी मुलुकमा पसिना बगाउन नगई भएको छ न त भोलिको दिनमा केही होला कि भन्ने आशा नै बाकी छ| त्यो कसैले सिर्जना गरेको होइन त्यो तपाई हाम्रै सोच र भोटको उपज हो जसको करेक्सन अबको चुनावमा हुनु जरुरि छ|


धेरै लामो कुरा गरेर तपाइको समय खेर फाल्दिन,
मेरा केही सबल पक्ष र दुर्बल पक्ष बुदागतरूपमा यहाँ राख्छु
१) म एक युवा हुँ, म सँग जोस र जाँगर छ जुन अक्सर सबै उमेदवारसँग छ र भन्ने पनि गर्छन्| तर उनीहरूसँग भएको युवा पन, जोस र जाँगरसँग मेरो तुलना गर्ने कुनै कसी नभएकोले उनीहरूभन्दा धेरै फरक नहोला|
२) म सँग कुनै राजनैतिक दलको आबद्धता छैन, यो मेरो सबै भन्दा कमजोरी हो, किन कि हामी अहिलेसम्म राजनैतिक आस्थाको आधारमा भोट हाल्ने गरेका छौं जसको सिकार हामी आफै भएको छौं यो धारणा बदल्न मैले धेरै मूल्य चुकाउनु पर्छ| यदि मैले तपाइको यो धारणा बदल्ने प्रयास गर्नको लागि धेरै प्रचार प्रसार गर्नु पर्छ धेरै सहयोगीहरू हुनु पर्छ यसको लागि अहिलेको परिप्रेक्षमा र अहिलेसम्म अन्य उमेदवारले गरेको तौर तरिका अपनाउने हो चुनावी माहोल देखाउनको लागि धेरै भिड जम्मा गर्नु पर्छ, धेरैलाई भोज भतेर खुवाउनु पर्छ ---सरसरती भन्दा मैले पछि मैले लाखौँ करोडौँ खर्च गर्नु पर्छ| म अर्बपति होइन र त्यत्रो खर्च गर्ने श्रोत म सँग भएको भए म सजिलो उपाय तिर लाग्थे र कुनै ठूलो पार्टीको झण्डामा बसेर चुनाव लड्थे| चुनाव जिते पछि पहिलेकोले जे जस्तो गर्दै आएका थिए त्यही गर्थे र मेरो कार्यकाल सकेर अर्कोको लागि तयारी गर्थे| त्यसैले यो मेरो पहिलो र सबै भन्दा ठूलो कमजोरी हो यसमा तपाइले साथ दिने या नदिने त्यो तपाइले नै निर्क्योल गर्नुहोस्|
३) मेरो विचारसँग सहमत हुने अन्य साथीहरू मेरो अभियानमा सरिक हुन सक्नु हुनेछ| मेरो चुनावी खर्च रू. २०,००० भन्दा बढ्ने छैन जसको लागि मैले निम्न शीर्षकमा खर्च गर्ने योजना बनाएको छु| यो मेरो पुर्ब अनुमान हो यदी धेरै बढेको खण्डमा बिल-सहित पारदर्शी रूपमा मेरो आधिकारिक ब्लग मार्फत राख्ने छु| मेरो प्रचार प्रसार सामाजिक संजालबाट हुने छ, यसमा कसैलाई ट्याग हुने छैन, कसैलाई व्यक्तिगत गालि गलौज, अपमान, कसैको आस्थामाथि खेलबाड हुने खालको सामग्रीहरु राखिने छैन|


मेरो योजनाको सार:
शिक्षा: कुनै पनि बालबालिकाले कुनै पनि कारणले स्कूल छोड्नु पर्ने छैन, यदि आर्थिक कारण हो भने उनीहरूलाई उचित व्यवस्थापन गरिने छ
 कसरी? यदि कुनै पनि बालबालिका आर्थिक कारणले स्कूल जान नसक्ने अवस्था आएको खण्डमा उनीहरूको अभिबवकलाइ पहिलो प्राथमिकतामा उनीहरूको योग्यता अनुसार रोजगारीको अवसर सिर्जना गरिने छ| यदि रोजगारको अवसर कतै नभए उनीहरूलाई स्व-रोजगारको अवसरहरू विशेष प्याकेजमा उपलब्ध गराइने छ| उनीहरूले उत्पादन गरेको सामग्रीहरूलाई बजार सहजिकरण गर्न गाउपालिकाले सघाउने छ| यसको लागि प्रत्येक वर्षको गाउपालिकाको बजेट मार्फत विशेष कोष खडा गरिने छ र सोही कोषलाई पारदर्शी रूपमा परिचालन गरिने छ|


स्वास्थ्य: आधारभूत स्वास्थ्य सुबिधाहरु निशुल्क र जटिल वा ठुलो खर्च लाग्ने स्वास्थ्य सेवाहरुलाइ सहजीकरण गर्न सम्पूर्ण गाउपालिका बासिहरुको स्वास्थ्य बिमा गरिने छ| गाउपालिकाको आफ्नै स्वास्थ्य संस्था, एम्बुलेन्स हुनेछन|| यसको बिस्तृत योजना पछि


रोजगारि: एक घर एक रोजगार नीतिलाइ आधारभूत मन्त्रको रुपमा लागु गरिने छ| रोजगारी बिषेशत उत्पादन क्षेत्र र सेवा क्षेत्रमा हुने छ, बैदेशिक श्रम बजारलाइ दुरुत्साहित गरिने छ| यसका लागि ३ वटा प्रारम्भिक बिकल्प दिइने छ
अ) बैदेशिक श्रम बजारमा जान इच्छुकहरुलाइ रू १००,००० सम्म दुइ बर्षको लागि बिना ब्याज रकम स्वरोजगार बन्नको लागि उपलब्ध गराइने छ र उनीहरुलाइ बजारको माग तथा उनीहरुको योग्यता अवस्था हेरेर लगानीको क्षेत्र पनि पहिचान गरिने छ|
आ) बैदेशिक रोजगारीमा (श्रमको लागि) जान लाग्ने रकम गाउपालिकामा निश्चित समयको लागि बचत गर्ने र बैदेशिक रोजगारीमा हुदा उसले आम्दानि गर्न सक्ने वा बचाउन सक्ने रकम बराबरको तलब भत्ता हुन सक्ने कुनै रोजगारको अवसर गाउपालिका वा देशको अन्य क्षेत्रमा सुनिस्चित गर्ने
इ) यदि यति गर्दा गर्दै पनि कोहि बैदेशिक श्रमको लागि जान चाहन्छ भने उनीहरुबाट रू १०,००० रुपैया अतिरिक्त लेबीको रूपमा उठाइने छ| यसको बिस्तृत कार्ययोजना पछि|


अन्य:
१. सम्पूर्ण सरकारी कामकाजलाइ विद्युतीय प्रबिधिबाट पनि संचालन गरिने छ,
२. रू १०० भन्दा बढीको कुनै पनि सरकारी खर्चलाइ इन्टरनेट मार्फत पारदर्शी रूपमा जनता समक्ष पुर्याइने छ
३. बायोग्यास प्रबिधिलाइ प्रोत्साहन दिईने छ, खाना पकाउनको लागि दाउराको प्रयोगलाई निरुत्साहसित गरिने छ
४. सामुदायिक बनलाइ अर्थो उपार्जनमा प्रयोग गरिने छ, बन जन्य सामग्री घाँस दाउरा स्याउला आदि इत्यादिलाइ व्यक्तिगत प्रयोग भन्दा पनि सामुहिक प्रयोग गरि कुनै बस्तु निर्माण गरि बजारमा लगिने छ|
६. प्रत्येक सरकारी कार्यालय, स्वास्थ्य संस्था, शैक्षिक संस्था, तथा निजि उद्योगहरु बेला बेलामा निरीक्षण गरिने छ|
७. निजि क्षेत्रसंगको सहकार्यलाइ बिशेष प्रथामिकता दिइने छ|
८. सम्पूर्ण कार्ययोजनाहरु पहिले नै समय निर्धारण गरेर गरिने छ, कुनै पनि बहानामा योजना कार्यन्वयन गर्न ढिलाई गरे त्यसको उचित कारबाही गरिने छ|








बाकि बिस्तारै थप्दै जाने छु किन कि सबै भन्दा ठुलो बिडम्बना मेरो भोटर लिस्टमा नाम नै छैन त्यसैले यो पटकलाइ तपाइको उमेद्वार बन्न सकेन अर्को पटक म आफै सचेत हुने छु र बिकाशको नेतृत्व आफै गर्न आफ्नै गाउ आउने छु







तपाइको समय खेर फ्यालिदेकोमा धेरै धेरै क्षमाप्रार्थी छु


धन्यबाद!















No comments:

Post a Comment