Thursday, March 2, 2017

के सधै एकैनास हुन सक्छ जीवन?

म साहित्यकार होइन भने पछि कथा लेख्न सक्ने कुरै भएन, सानो कथा लेख्न नसक्नेले लम्बेतान कथालाइ उधिनेर उपन्यास लेख्न सक्ने त कुरै भएन ।  साधारण बाक्यलाइ मिलाएर सिधा भाषामा बुझ्न सकिने हरफहरु कोर्न नसक्नेले सब्द चयन गरि गरि छोटो वाक्यम्सले संसार बुझिने कविता लेख्न सक्ने त झन् धेरै परको कुरा हो। बेला बेलामा सुन्छु पढ्छु साहित्यकारहरु बेफ्वाकमा रमाउछन रे र दुखि पनि हुन्छन रे --- उनीहरु त खुसिलाइ दु:खको परिभाषामा बदलेर आफ्नो रंग बदल्दै न भएको कुरालाइ पनि सत्य घटना जस्तै बनाएर प्रस्तुत गर्न सक्छन रे अनि त्यस्तै दुखलाइ सुख/खुसिमा बदल्न सक्छन रे त्यसैले त होला साहित्यमा पनि नोबेल पुरुस्कारको व्यवस्था भएको । जे जे भए पनि कहिल्यै साहित्य नै नफुरे पनि कुनै बेला यो जीवन सार्हो भारि भएर आउदो रहेछ, कुनै समय संसार थेग्न एक्लै सक्छु भन्ने आट आएको भए पनि एक्कासी हरेस खाइदो रहेछ । नितान्त भौतिक बिज्ञानमा विश्वास गर्ने भएतापनि कहिले काही अध्यात्मको शरणमा जाउ जाउ जस्तो महसुस हुदो रहेछ । यी सब किन भइ राखेको छ? कसरि भइ राखेको छ? जस्को उत्तर मसंग छैन, र खोजि समस्याको समाधान निकाल्ने धैर्यता भनु या शाहस भनौ दुवै छैन किन कि त्यो भन्दा पनि टड्कारो "कुरा यी सब के का लागि?" भन्ने प्रश्नले मेरो मन मस्तिस्कमा जरो गढेको छ---सायद त्यसैले होला मैले चाहेर पनि निकाल्न सकेको छैन, भौतिक रुपमा निकाल्न खोजेर होला अचेल त शरीरका अंग अंगले समेत अब त धेरै न-रगढ़ भनेर आफ्नो थकानका संकेतहरु गर्न थालेको महसुस हुन्छ र भैराखेको पनि छ ।


म जन्मिदा मान्छे नै भएर जन्मेको रहेछु र अहिले सम्म पनि आफुलाई मान्छे नै हुँ जस्तो लाग्छ सायद समाजले पनि मलाइ त्यसै भन्ला । तर आफु र समाज भित्र एक तह हुदो रहेछ जसले आफुलाइ आफु भित्र रम्न र समाजमा जम्न नदिदो रहेछ त्यसले गर्दा मैले अचेल धेरै जस्तो खुलेर खुसि व्यक्त गर्न सक्छु जस्तो आट आउन छोडेको महसुस गर्न थालेको छु । लाग्थ्यो म हिंग नै नभए पनि हिंग बाधेको टालो हुँ जसले मलाई सधै मलाइ केहि गर्न सकारात्मक प्रेरणा दिन्छ र जस्तो सुकै परिस्थितिमा पनि म जुध्न सक्छु तर त्यो फगत भ्रम रहेछ त्यहि भएर अब आफै देखि दिक्क लग्न थालेको छ किन कि म यो भ्रमलाइ कहिले सम्म आफैभित्र पालेर राखौ भनेर दिन दुइ गुना रात हजारौ गुना सोच्न थालेको छु? सम्भबत अरु भन्दा फरक के होला भने म यी आफु भित्रको सच्चाई बिना-नशामा सोच्न सक्ने भएको छु जसले गर्दा अहिले सम्म कुनै सम्भावित दुर-घटनाहरु हुन पाएको छैनन्। अलिक फरक जस्तो पनि लाग्छ त्यसैले त होला मलाइ आफु-र-समाज बीचमा तादाम्यता मिलाउन सधै असफल भएको महसुस भएको छ ।


मानिसलाइ दौडाइन्छ वा आफै पनि दौडिन्छ वा आत्मसमर्पण गर्छ । यी तिन प्रबृत्तिको मद्धे म कुन हो त? हुन त भौतिकबादीलाइ यी कुनै पनि कुराको महत्व नहुनु पर्ने हो तर अहिले त्यहि कुरा धेरै पेचिलो बन्दै आएको छ जसको उत्तर बिना रथ अगाडी बढ्ला जस्तो देखिन्न । मतलब म कहिले सम्म यसरि केहि कुराको भय लिएर दौडीरहन सक्छु? मतलब म के को लागि यसरि दौडेको? के लखेटाई-लाइ स्वत स्फुर्त दौडिने कसरि बन्ने वा बन्न सकिएन भने के आत्मसमर्पण गर्न सक्ने हिम्मत छ यानेकि मभित्र त्यस्तो खालको कातरता पनि ~ ~ छ?


कहिले काही अलिक फरक महसुस हुन्छ। जिम्मेवारी मेरो काधमा छ, त्यो कसैले राखिदिएको होइन मेरो रहरले लिएको हो त्यसैले यो जिम्मेवारीबाट पछी हट्ने कु-चेस्टा गर्नु भनेको अपराध हो । तर यो अपराधलाइ दण्डित गर्ने कुनै कानुन बनेको छैन यो दुनियामा भन्दैमा जिम्मेवारीबाट पन्छिनु भनेको कातरता नै हो, अथवा आध्यात्मिक हिसाबले यो एक महापाप हो जसको कुनै परिपूर्ति हुन सक्दैन ।


त्यसो भए के त?


यो दिग्भ्रमित अवस्थाबाट कसरि मुक्ति पाउने त?


बाच्नको लागि केहि न केहि गर्नै पर्छ मतलब जिउने कुनै आधार चाहिन्छ त्यो आधार कसरि निर्माण गर्ने? लाग्छ अहिलेको अवस्थाबाट मैले भेट्टाएको आधारको अंशहरु धेरै अघि नै टुटिसकेको महसुस भएको छ, त्यसैले फेरी उही प्रश्न यसरि म कैले सम्म लखेटीइरहन सक्छु?


सार्है जिउ दुखेको छ, मन पोलेको छ, कपाल मुडुले नै बनाएर काटेपनि भारि भएको छ तर धेरै प्रश्नहरुको उत्तर छैन म संग तै पनि निकाल्ने प्रयत्न छ जुन बेकार छ किन कि यसले मेरो जिउने आधार दिदैन... यसले त केवल हिड्ने मुर्ति बनाएर राख्छ । म हिड्ने मुर्ति होइन, अरुलाई हिडाउने होइन, अरुलाई आत्मा समर्पण गर्न प्रेरित गर्ने पनि होइन आफैप्रेरित भएर आफै हिड्न सक्ने देख्न चाहने र त्यसको लागि सहयोग गर्ने हुँ जस्तो लाग्थ्यो तर यहाँ त अर्थको अनर्थ भयो त्यसैले मैले हारे । त्यसैले मेरो दैनिकी एक-नासको छैन, डोरीमा समान बल नहुदा कुनै दिन बढी जोडबल भएमा चुडिन सक्छ!
.............................


त्यसैले मैले फरक सोच्न पुगे र अंग्रेजीमा एक अर्ध वाक्यम्स ठोस्न पुगेछु


"Sometimes, I feel it is too complicated and want to be so stupid but ... there is no way ... so I laugh at myself because I can't cry!"

No comments:

Post a Comment