Monday, January 9, 2017

सरकारी संयन्त्रमा इ-लर्निंग किन?


नेपाल सरकारले हालसम्म लोकसेवा आयोग मार्फत एकीकृत परिक्षण प्रणालीबाट तथा सरकारी नियोग मार्फत आबस्यकता अनुसार विभिन्न मापदण्ड पुरा गरेर कर्मचारीहरु नियुक्ति गर्दै आएको छ| सेवा सुरु गर्नको लागि लिइने परिक्षाले उमेद्वारको सेवा प्रवेशको योग्यता मात्रै मापन गर्ने गर्दछ र सेवा सुरु गरेपछि केहि हद सम्म कर्मचारीलाई काम गर्न सजिलो होस् भन्ने हेतुले विभिन्न ट्रेनिंगहरु प्रदान गर्दै आएको छ| सेवा अबधीमा पनि यस्ता ट्रेनिंग कार्यक्रमहरु प्रदान गरिदै आएता पनि हालको संरचना अनुसार सबै कर्मचारीलाइ ट्रेनिंग कार्यक्रमहरु प्रदान गर्न सकेको छैन| एक पटक सेवा प्रवेश गरिसकेपछि आफ्नो सम्पूर्ण समय सेवाको लागि नै दिनुपर्ने हुनाले उनीहरुले बिश्वबिद्यालय गएर नियमित पठन पाठन गर्नको लागि पनि त्यति समय नहुने र भए पनि नेपालमा त्यस्ता सरकारी कर्मचारीको योग्यतालाई अभिबृद्धि गर्ने खालको बिषयहरु हालको अबस्थामा उपलब्ध नभएकोले कर्मचारीको योग्यता अभिब्रिद्दीको लागि कठिनाइ हुदै आएको छ| यस अबस्थामा यदि नेपाल सरकारले कुनै बिश्वबिद्यालयसंग सहकार्य गरि वा आफ्नै श्रोत र साधन मार्फत अनलाइन मार्फत विभिन्न कोर्सहरु उपलब्ध गराएको अबस्थामा उनीहरुले आफ्नो समयानुकुल इच्छित बिषयहरुको ज्ञान लिन सक्ने छन्| यसको लागि उपलब्ध श्रोतको अधिकतम प्रयोगको लागि प्रबिधिमैत्री शैशिक प्रणाली अबलम्बन गर्नु अपरिहार्य भएको छ| तत् अनुसार हामीले नेपाल सरकारले भबिस्यमा आफ्ना कर्मचारीको कार्य क्षमता वृद्धि गर्न, क्षमता अनुसारको जिम्मेवारी दिन, उनीहरुको अध्यनशिलतालाइ निरन्तरता दिई उत्कृस्ट सरकारी सेवा प्रदान गर्न सक्ने दक्ष जनशक्ति उत्पादन गर्न र भएको श्रोत साधनलाइ अझ अधिकतम परिचालन गरि चुस्त दुरुस्त जनशक्ति उत्पादन गर्नु अहिलेको चुनौती भएको छ| यसको लागि यदि हामीले अनलाइन मार्फत कोर्षहरु प्रदान गरिएको खण्डमा अहिले भएको केहि समस्याहरु स्वत हल हुने अपेक्षा गर्न सकिन्छ|

बिस्वका केहि बिकसित देशमा विभिन्न सस्थाहरुमा आफ्ना कर्मचारीको कार्य दक्षता अभिवृद्धि गर्नको लागि इ-लर्निंग कोर्षहरु उपलब्ध गराईन्छ, यसमा लैंगिक हिंसा, यौन हिंसा देखि यावत कुराहरु हुन्छन र उनीहरुले यी कोर्षहरु जुन सुकै पोस्ट वा दायित्वमा भए पनि लिनै पर्ने हुन्छ| हाम्रोमा कार्यालयमा हुने यौन हिंसाको घटनाहरु केहि त बाहिर आउछन तर धेरै जस्तो बाहिर आउदैनन| बाहिर आउने घटनाहरुमा पनि अक्सर गरेर भित्र भित्रै मिलाउन धेरै दबाब दिने गरिन्छ र मिलाइन्छ जसले गर्दा विभिन्न performanceमा सकारात्मक भन्दा पनि नकारात्मक बढी भै राखेको छ| यस्तो अन्य कुराहरु जस्तो हामीले मानसिक बिरामी वा डिप्रेसनबाट हुने ठुलो दुरघटनाहरुबाट पनि जीवनको रक्षाको साथै ठुलो आर्थिक तथा सामाजिक क्षेत्रको सुधार गर्न सक्छौ|


हामीले बेला बेलामा धेरै आत्माहत्याका घटनाहरु सुनी राखेका वा देखि राखेका हुन्छौ यदि हामीले इन्टरनेटको माध्यमबाट उनीहरुलाई यसको बारेमा केहि शिक्षा दिनुको साथ्साथै काउनसिलिंग दिन सकियो भने उनीहरुले प्रतक्ष रुपमा व्यक्तिबाट काउनसिलिंग लिदा हुने असजिलो वा व्यक्ति नै भेटेर काउनसिलिंग गर्नु पर्ने झन्झटबाट पनि मुक्त हुन सक्छन| यसलाई हामीले स्कूलमा, क्याम्पसमा पनि राखी प्रत्यक वर्ष अनिबार्य शिक्षाको रूपमा १-२ घण्टाको कोर्ष राख्न सक्छौ इन्टरनेटको माध्यमबाट गर्न सकियो भने थोरै लागतमा गुणस्तरीय शिक्षा दिन सक्छौ|

 

सरकारी कर्मचारीलाइ लक्षित इ-लर्निंग कोर्ष किन?

  1. अहिले सम्म सरकारी कर्मचारीलाइ लक्षित गरि कुनै पनि अनलाइन कोर्षहरु (सरकारी शिक्षण सस्था जस्तै नेपाल स्टाफ कलेज वा शिक्षण सस्था जस्तै बिस्वबिद्यालयमा) उपलब्ध नभएको
  2. हाल उपलब्ध शिक्षण सस्थाले अध्यन गर्न चाहने कर्मचारीलाइ आबस्यकता अनुसारको ट्रेनिंग, नीति निर्माण (Public Policy),    बिषयगत नीति निर्माण (Specific Policy: IT Policy, Trade Policy, Forestry Policy, Agricultural Policy, Economic Policy, Foreign policy, Education Policy, development Policy etc), अन्य बिषयहरु (Gender equality, Public dealing, effective management, Project management etc.) को कार्यक्रमहरु संचालन नभएको र सिमित अबधिमा उपलब्ध ट्रेनिगले यी सबै कुराहरुको बिस्तृत बिषयहरुलाई समेट्न नसक्ने अवस्था रहेको
  3. देश भर रहेका सम्पूर्ण कर्मचारी (विभिन्न पदमा तथा जिम्मेवारीमा भएका)हरुलाई उनीहरुको आबस्यकता अनुसार ट्रेनिंग प्रदान गर्न नसक्ने अवस्था रहेको
  4. यदि कर्मचारीले आफैले खर्च व्यहोरेर भए पनि पढ्ने अवस्था (समय वा अनुमति) नरहेको वा अब्यबहरिक रहेको
  5. केहि सिमित कर्मचारीले मात्रै विदेशमा गएर पढ्ने सुबिधा पाउने र उक्त सुबिधा सबै कर्मचारीलाई उपलब्ध गराउन सक्ने अवस्था नरहेको तर सबैलाई आबश्यकता अनुसार उनीहरुको योग्यता अभिवृद्धिको लागि पहल गर्नु पर्ने अवस्था रहेको

 

यदि अनलाइन शिक्षण प्रणाली अबलम्बन गरिएको खण्डमा हुन सक्ने सकारात्मक पक्षहरु

  1. जुन सुकै जिम्मेवारी वा क्षेत्र (केन्द्र, प्रदेश वा स्थानीय निकाय)मा भएको व्यक्तिले पनि आफ्नो आबश्यकता वा इच्छा अनुसारको बिषयहरु अध्यन गर्न सक्ने
  2. थोरै लागतमा धेरै शिक्षार्थीलाइ बिस्तृत ज्ञान दिन सकिने
  3. यसलाइ भबिस्यमा बिषयको ज्ञान अनुसार, बिषयको प्रकृतिअनुसार कार्यक्षमताको मुल्यांकन, एक निकायबाट अर्को निकायमा सरुवा हुनको लागि, आन्तरिक बढुवाको लागि वा अन्य प्रयोजनको लागि पनि उपयोग गर्न सकिने
  4. यदि यो कार्यक्रम लागु भएको खण्डमा विभिन्न निकायबाट वा एकीकृत तवरले शिक्षण बिधि अबलम्बन गर्न सकिने
  5. विभिन्न बिस्वबिद्यालयबाट अनलाइन बिध्यबरिधि सम्मको डिग्री प्रदान गरिदै आएको र यसको गुणस्तर वृद्धि गर्न सकिएको खण्डमा कुनै विश्वबिद्यालय संग सहकार्य गरि बिद्याबारिधिसम्मको योग्यताको समकक्षता प्रदान गर्न सकिने
  6. अनुसन्धानात्मक कार्यक्रमहरु पनि यसै मार्फत गर्न सकिने
  7. शिक्षार्थीले आफ्नै लागतमा वा सरकारी नियोगको प्रयोजनमा सम्म आबस्यकता अनुसार कोर्षहरु लिन सक्ने
बाकी पछि थप्दै जाने छु!

No comments:

Post a Comment