Saturday, December 31, 2016

सन्दर्भ टोपी दिबस!

उ: टोपी दिवस! कुन टोपी?
म: नेपाली टोपीको प्रबर्धनको लागि मनाउन लागिएको!
अझ भन्नु पर्दा नेपाली सस्कृतिको बिस्वमाझ प्रचार प्रसार गरि संसारमा नेपालको परिचय दिने उद्देश्यले यो टोपी दिवस मनाउन लागिएको हो!
उ: ए हो?
नेपालमा कति प्रकारको टोपी लगाइन्छ?
उ: सबै समुदाय भित्र एकै प्रकारको टोपी लगाइन्छ?
उ: अनि सबै टोपीलाइ सबैले नेपालीले उत्तिकै महत्व दिन्छन अनि यसरि नै प्रबर्धन गरिन्छ? कि कुनै जाति बिशेसले जसको ठुलो पहुच छ उसको समुदायको मात्रै उसको सस्कृतिको मात्रै प्रबर्धन गर्ने गरिएको छ?
.................
यी केहि बात-चितको अंश गत बर्ष नेपाली टोपी दिवसमा सामाजिक संजालमा अरु दिन कहिले पनि त्यस्तो पहिरनका फोटोहरु नदेखेको तर एक्कासी एकै खालको टोपी लगाएको पोस्टले रंगेको सामाजिक संजालबाट उत्पन्न कौतुहलता मेट्नको लागि एक जना मित्रले म संग सोधेको केहि अंश!


बिशेषत सामाजिक संजालमा एक दिन कुनै पोशाक लगाएको फोटो पोस्ट गर्दैमा यसको प्रबर्धन हुने होइन यसरि अरुको देखासिकी गरेर बर्षमा एक दिन टोपी भिरेर सामाजिक संजालमा फोटो पोस्ट गर्दै लाइक, कमेन्ट गरेर नेपाली बनिने वा नेपाली पोशाकको प्रबर्धन हुने होइन! नेपालीपन तपाई हामीले देखाउनु छ भने भित्रै देखि हुनु पर्यो जो धेरै पटक विदेश जान्छ, धेरै बिदेशी भेट्छ तर कैले पनि नेपालीपन देखाउदैन नेपालको वा आफ्नो संस्कृतिको बारेमा कुरा गर्दैन वा प्रचार प्रसार गर्ने काम गर्दैन अनि उसैको फेसबुक वालमा चाही जनवरी १ को दिन ढाका टोपीमा ठाटिएको फोटो पोस्ट गर्छ अनि भन्छ यो मन त मेरो नेपाली हो|


ढाका टोपी हाम्रो मौलिकता भए पनि मैले यो टोपी जबर्जस्त लगाएको मात्रै छु| नागरिकता बनाउने बेलामा फोटो स्टुडियोमा राखिएको जडौरी टोपी जबर्जस्ति लगाएर फोटो खिचेको बाहेक अन्य टोपी लगाएको फोटो कुनै छैन र लगाएको पनि खासै छैन, त्यसैले मैले ढाका टोपी दिवसको आलोचनात्मक समर्थन मात्रै गरे!


हामी सास्कृतिक बिबिधता भएको समुदाय हौ, पुर्ब देखि पश्चिम उत्तर देखि दक्षिण जता गयो उतै बिबिधता छ, कुनै समुदाय बिशेष मात्रै होइन स्थान अनुसार पनि फरक फरक छ त्यसलाई समेट्ने खालको कार्यक्रमहरु हुनु जरुरि छ सोचहरु हुनु जरुरि छ अनि मात्रै ढाका टोपीमा समर्पित दिवसको सार्थकता हुन सक्छ।


आज हामी टोपी दिवस मनाउदै छौ मानौ सबैले नै उत्साहका साथ मनायौ अनि एउटा फोटो खिचेर फेसबुकमा पोस्ट पनि गर्यौ तर फोटो पोस्ट गर्नु अगाडि यी कुराहरु सोचौ अनि मात्रै पोस्ट गरौ


१) मैले आफैले किनेर लगाएको टोपी हो। र यहि बर्ष किनेको हो।
यदि तपाइले  टोपी मागेर लगाउनु भयो भने वा कैले देखि यहि दिनको लागि भनेर साचेको टोपी लगाउनु भयो वा अझै धेरै किफायती निस्किनु भयो के अरु संग माग्नु पहिले नै टोपी लगाएर खिचेको फोटो छ भनेर त्यहि फोटो राख्नु भयो भने कुनै न कुनै दिन तपाइले भनेको बेलामा टोपी लगाएको फोटो पाउनु हुने छैन । कारण तपाइको पुरानो टोपी लगाउन नहुने भएको हुने छ, साथीले कटु बचन लगाउने छ, सधै एउटै फोटो पोस्ट गरि राख्नु पर्ने छ किन भने टोपी ब्यापारी व्यापार नभएको कारण टोपी व्यापार नगरेर अन्य ब्यबसाय तिर लागिसकेको हुनेछ ।


२) यो टोपी नेपालमा नै बनेको हो ।
"ढाका"को कपडा भारत, बंगलादेशबाट आयात गरिन्छ, केहि ढाकाका तयारि पोशाक पनि उतै बाट आयात गरिन्छ अनि तपाइले प्रबर्धन गरेको टोपीको सफलता भनेको नेपाली ब्यबसायीको होइन अन्यको हुनेछ र उनीहरुले यो भन्दा अन्य कुनै बढी नाफाहुने ब्यबसायमा हात हालेर ढाका उत्पादन गर्न छोडे भने तपाइँको ढाकाको टोपी कटनको टोपी, पोलिस्टरको टोपीमा परिबर्तन हुने छ। त्यसैले यदि तपाइँ साच्चै टोपी प्रबर्धन गर्न खोज्नु हुन्छ भने यो कहाँ बनेको भनेर बिस्वस्त नभै फोटो पोस्ट नगर्नुस ।


३) यो टोपी म धेरै नसके पनि बर्षको  कम्तिमा ३० दिन लगाएर हिड्ने छु र सधै कार्यक्रममा सम्भब भए सम्म लगाएर जाने छु ।
बर्षको कम्तिमा ३० दिन पनि टोपी लगाउनु हुन्न भने के को टोपी लगाएर फोटो पोस्ट गर्ने? यो त नेपालीले मात्रै होइन बिदेशीले पनि नेपाल घुमेको छ भने कतै न कतै उसले नेपाली टोपी रमाइलो को लागि लगाउछ, फोटो खिच्छ र अबस्य पनि साथीहरुलाई देखाउन सामाजिक संजालमा राख्छ नै।


४) अफिस जादा सधै लगाउने छु ।
रास्ट्रिय पोशाकको एक अंश हो ढाका टोपी अनि अफिस जादा नलगाउने भए के एक दिने टोपीवाला फोटो पोस्ट गर्नु हुन्छ लाज मर्दो फेसबुकको लाइक र कमेन्ट खान? सोच्नुहोस तपाइको साथिहरुले पनि पोस्ट गर्छन र अरु साथीहरुलाई लाइक/कमेन्ट गरेर फुर्सद हुदैन ढुक्क हुनुहोस कसैले तारिफ गर्दैन एक दिने टोपीवाला फोटोलाई !


पिज्जामा रमाउने तर "चतामारी", "बारा"लाइ ह्या भन्ने एक दिन खायो भने फोटो खिचेर तहल्का मच्चाउने प्रबृत्तिबाट अलि टाढा हुने कि भन्ने हो। हाम्रो संस्कृतिमा भएका कति खाना, पोशाकहरु लोप भए वा हुने अबस्थामा छन्। बहुसंख्यक मात्रै होइन अल्पसंख्यक समुदायको पोशाक, खाना, पर्बहरु सबैलाई समेट्ने कार्यक्रम गरौ। कार्यक्रम भन्नाले होटेलमा वा दिन बिशेष सार्बजानिक बिदा दिएर वा क्यालेन्डरमा राखेर प्रबर्धन हुने होइन यसको लागि सदियौ सम्म रहन सक्ने खालको स्थायित्वको लागि सोच्नु पर्यो। यसलाई ब्यबसायिक तवरले सोच्नु पर्यो अनि मात्रै यिनीहरुको प्रबर्धन हुन सक्छ नत्र भक्ति गान गाएर हुने केहि छैन ।


उदाहरणको लागि
केहि दिन अघि त्रिभुवन बिस्वबिद्यालयले आफ्ना बिद्यार्थीलाइ दिक्षान्त समारोह मार्फत दीक्षित गर्यो, हामीले फोटो खिच्यौ शेयर गर्यौ, उक्त समारोहमा भाग लिनको लागि हामीले केहि पैसा पनि त्रिभुवन बिस्वबिध्यालयालाई तिर्यौ तर हाम्रो दिक्षान्तमा दिइएको दिक्षान्तपत्र दिने तरिका! हामीसंग कुनै संस्कृति नै नभए जस्तो कुनै कला नै नभए जस्तो! यसलाई बिस्वबिद्यालयले राम्रो फ्रेममा दिन सक्थ्यो १००-२०० रुपैया बढी नै लिएर भए पनि त गर्न सक्थ्यो नि होइन यसले हाम्रा काष्ठकला, हस्तकलाहरुको प्रबर्धन हुने थियो नि! केहिले रोजगार पाउने थिए अनि दीक्षित भएको भोलि पल्ट नै सर्टिफिकेट आयो तर जागिर नपाउने भनेर भन्नु पर्ने वा राष्ट्रिय समाचारको हेडलाइन भन्ने थिएन। टोपी हाम्रो पहिचान हो, ढाकाको कपडा हाम्रो मौलिकता हो के हामीले convocation को दिन लगाउने गाउन ढाकाको कपडाले बनेको हुदा convocation को शोभा घट्छ? अबस्य घट्दैन बरु बढ्छ हाम्रो मौलिकताको प्रबर्धन हुन्छ| त्यसैले अलि फरक तरिकाले सोची हाम्रो मौलिकतालाइ प्रबर्धन पो गर्ने हो कि?


त्यस्तै टोपी दिवसलाइ पनि यसरि नै सोचौ र टोपीको प्रबर्धन गरौ त्यो भन्दा पनि नेपाली उद्योगको प्रबर्धन गरौ टोपी लगाएर भारतीय कम्पनि, बंगलादेशी कम्पनिलाइ नपोशौ ! साच्चै राष्ट्रबादी हुने हो भने राष्ट्रको उत्पादनलाई प्रबर्धन गरौ| हाम्रो संस्कृति बचाउनको लागि प्रत्येक बस्तुको sustainability सोच्नु जरुरि होला| जस्तै हाम्रो सुन्दर हिमाल, पहाड, तराइका फाटहरुको सुन्दरता बचाउन र प्रबर्धन गर्नको लागि तिनीहरुलाइ उपयोग गरि कसरि आर्थिक लाभ लिन सक्छौ र धेरै भन्दा धेरै आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सक्छौ भनेर पो सोच्ने हो कि ....नत्र जैले पनि हाम्रो सुन्दर देश भनेर बस्ने तर सुन्दरताको नाममा खाली उही उराठ लाग्दो डाँडा मात्रै हुन्छ न त कुनै मनोरंजनको स्थान हुन्छ न त अरु नै... प्राकृतिक सुन्दरतालाइ अलि कति कृतिम सुन्दरता पनि भरियो भने त्यसले स्वत उन्नत हुने बाटो रोज्छ कि भन्ने लाग्यो मलाइ!




जधौ !
आगे आप्का मर्जी












 

No comments:

Post a Comment