हाम्रो नेता, तथा अन्य गन्य मान्य व्यक्तित्व विदेश भ्रमण गर्दा होस्
वा स्वदेशमा बिदेशी पाहुनालाइ सत्कार गर्दा होस् केहि न केहि कमजोरी देखिएका छन् र
सामाजिक संजालमा उक्त कमिकमजोरीलाइ कसैको खिसी टिउरी गर्न भन्दा पनि यस्तो झोले
अपरिपक्व पाराले भएन केहि ब्यबस्थित गर्नु पर्यो भनेर आलोचना भएका हुन् यसमा कसैले
पनि कसैको मानमर्दन गरेको वा होच्याएको भनेर बुझ्नु जरुरि छैन| कोहि पनि जन्म जात
जानेर बुझेर आएको हुदैन तर समय परिस्थिति अनुसार जानेन वा बुझेन भने उसले अबस्य
पनि आलोचनाको पात्र बन्नु अस्वाभाविक होइन| धेरै अगाडीको कुरा त खासै सम्झना छैन
तर केहि अगाडी हाम्रा एक जना मन्त्रिले (यहाँ क्लिक गर्नुहोस )
संयुक्त राष्ट्रसंघको महासभामा अंग्रेजीमा बोलेर सामाजिक संजालमा राम्रै नाम कमाइन,
सामाजिक संजालबाटै थाह भए अनुसार उनको औपचारिक शिक्षा कम थियो रे हुन त जति भए पनि
अर्काको भाषामा दक्ष हुन कठिन नै हुन्छ तर यदि आउदैन वा सकिदैन भने कनिकुथी गर्नु
नै सामाजिक संजालमा केहि समयको लागि राम्रै खुराक हुने गर्छ| विभिन्न देशका नेताहरु
अंग्रेजी भाषामा राम्रै दख्खल भए पनि त्यस्ता फोरमहरुमा आफ्नो भाषामा नै बोल्ने
गर्छन| तर हामी भने कसैले तपाई भनोस या नभनोस आफै मपाई हुन खोज्छौ| थाह भए अनुसार
उनि मावोबादी नेत्री थिइन्, महिला थिइन्, औपचारिक शैशिक योग्यता कम थियो तर यो
भन्दैमा उनि उनलाई खिसी टिउरी गर्नेहरुले महिला भनेर, कम पढेको भनेर वा माओबादी
नेत्री भनेर खिसी गरेको अबस्य पनि होइन| उनको मपाइत्वलाइ खिसी गरेको हो र यदि
कसैले यो बाट पाठ सिक्दैन भने सामाजिक संजालले त्यस्तालाइ धिक्कार छ भन्नु बाहेक
अर्को केहि गर्न सक्दैन र मज्जाले मेमे बनाउदै खिसी गर्छ जसलाई तपाईहामीलाई केहि
समय व्यस्तताको बाबजुत पनि राम्रै हासो प्रदान गर्छ| हुन त यो हासो होइन तपाई हामी
सबैको बेईज्जत हो|
अर्को केहि समय अघि सुदर्शन सुबेदी (जो नेपाल अपांग महासंघको अध्यक्ष थिए र उनलाई संयुक्त राष्ट्रसंघले बिशेष निमंत्रना गरेको
थियो) लाइ अमेरिका स्थित संयुक्त राष्ट्रसंघको सभामा जादा फक्सन्युजले भेट्टाएर
सानो इन्टरभिउ (यहाँ क्लिक गर्नुहोस)लिएको थियो
त्यो समयमा उनले नेपाली खानाको नाम जानेन भनेर धेरै खिसी सामाजिक संजालले गर्यो|
त्यो एक खिसीटिउरी गर्ने कार्यक्रम (टिभी) हो सायद उनलाई त्यो थाह भएन होला अर्को उनलाई
एक अमेरिकीले प्रस्न सोधेका थिए उनले उसले भनेको राम्ररी बुझे या बुझेनन् त्यो पनि
उनी जानुन अर्को उनलाई राम्रो संग अंग्रेजीमा सम्बाद गर्न आउछ या आउदैन त्यो पनि
उनैले जानुन (बस्ताबमा त्यो मेरो सरोकारको बिषय होइन) तर के चाही सरोकार हो भने
उनि हाम्रो समाजमा प्रतिष्ठित व्यक्ति हुन् उनलाई सोधेको प्रस्नको उत्तर
अंग्रेजीमा भन्न न-आएपनि नेपालीमा नै भनेको भए कसैले पनि खिसी गर्ने थिएन| त्यो
कार्यक्रममा अन्य व्यक्तिहरु जो प्रस्नको उत्तर दिन चाहेनन् वा उनीहरुले आफ्नै
भाषामा उत्तर दिदा फक्सले भिडियोमा देखाएन त्यो छुट्टै कुरा भयो तर हामीले देख्यौ केहीलाई
सोधेको थियो तर उनीहरुको उत्तर देखाइएन सायद उनीहरुले आफ्नै भाषामा दिएका थिए वा
ति उत्तरहरु हास्न लायक थिएनन्| यी दुइ प्रतिनिधि घटनाबाट हामीले के बुझ्नु पर्छ भने
जनिदैन सिकौ र सिकेर पनि सकिएन भने मै हु नभनौ जे आउछ जसरि आउछ आफनै भाषाको प्रयोग
गरौ अर्काको सिको नगरौ|
यी दुइ घटनामा पक्ष र विपक्ष पनि खुबै देखियो तर पक्ष-विपक्ष भन्दा
पनि को र कहाँ भन्ने सोचौ| कसको योगदान कति को के भन्ने तिर नलागौ यी व्यक्तित्वहरुलाइ
कसैको दयाको पात्र बनाएर यिनीहरुको योगदानलाइ र दायित्वलाइ नजरअन्दाज नगरौ यस्तै
घटनाबाटै उनीहरुले वा आउने पिढीले धेरै सिक्छन र गर्न सक्छन| यी व्यक्तित्वलाइ
कसैको सहानुभूतिको आबस्यकता छैन|
प्रचण्डको पहिलो प्रधानमंत्रित्वकालमा चिन भमणमा जादा उनको टाई-प्यान्टको
बारेमा पनि राम्रै खिसी-टिउरी भयो| उनले नेपाली दौरा-सुरुवाल नलगाएकोमा पनि केहिले
गरे जुन अनाबस्यक हो किन कि जसलाई जे सजिलो लाग्छ त्यो लगाउदा कसैले टाउको दुखाउनु
पर्दैन तर अफिसियल भ्रमणमा लगाएको भए राम्रो भन्ने मात्रै हो| तर उनले लगाएको
टाई-प्यान्ट कुनै देशको प्रधानमन्त्री भन्न सुहाउने थिएन यसमा नेपालका केहि लब्ध
प्रतिष्ठित ब्यक्ति तथा पत्रकारहरुले समेत केहि गुनासो गरेका थिए र उनलाई केहि
फेसन डिजाइनर राख्न समेत सुझाएका थिए|
दोश्रो पटक प्रधानमन्त्रि हुदा भारत भ्रमणमा जादा उनको धर्म पत्नी सिताको
हाउभाउ, बसाइ उठाई देखेर प्रधानमन्त्रि पत्नी राम्रैसंग सामाजिक संजालमा हासोको पात्र
बनिन| धेरैले उनि एक महिला, आमा, कम शिक्षित महिला, धेरै दुख गरेर यो ठाउमा आएकी
भनेर सहानुभूति प्रकट भए तर यो के नाबिर्सिउ भने उनि एक त्यस्ती भाग्यमानी महिला
पनि हुन् जो महिला भइकन, कम शिक्षित भइकन, धेरै दुख गरिकन वा उनको बिगत जे जे भए
पनि उनको १०-१२ बर्ष देखि उच्च पदस्त, बिशिस्ट व्यक्तिहरु संग निरन्तर भेट भइराखेको
छ त्यति मात्रै होइन उनि माओबादी पार्टीको अध्यक्षको धर्मपत्नी हुन्, त्यति मात्रै
होइन उनि दुइ पटक प्रथम महिला हुने सौभाग्य प्राप्त गरिन, के अझै पनि उन्लाइ
हामीले सहानुभूति दिइराख्नु पर्ने जरुरि छ? के को नाताले? समाबेशी लैंगिक समानता
अरु अरु ...के के नाताले? यदि उनलाइ लेख्न पढ्न आउदैन भने, कसैले उनलाई सिकाएनन
भने उनको परिवारबाट हामीले के अपेक्षा गर्ने? उनको पतिबाट हामीले के अपेक्षा गर्ने
जो देशमा बिध्यमान असमानता अशिक्षा आदि आदि हटाउछु भनेर यति लामो संघर्ष गरे बिसौ बर्ष
पार्टी अध्यक्ष बने र दुइ दुइ पटक प्रधान मन्त्रि बने? यो सिताको कमजोरी नै हो भने
पनि उनका पतिले उनलाई किन सिकाउदैनन र अझै पनि देश विकास गर्छु भनेर अगाडी सर्छन?
यो सिता माथिको प्रश्न होइन यो त समग्र हाम्रो सोच माथिको प्रस्न हो हाम्रो देशको
नेतृत्व माथि उठाइएको प्रश्न हो किनकि देशको विकास पहिले घर समाजको विकास
अपरिहार्य छ नत्र ठुला कुरा नगरौ “कालो गए गोरो आउछ” सहानुभूति छ भने त्यो हाम्रो
सोचमा छ| एकातिर सहानुभूति अर्को तिर बिकाश खोजेर हुदैन|
त्यस्तै केहि समय अगाडी हाम्रा पररास्ट्र मन्त्रिले भारतको विदेश
मन्त्रिलाइ जन्म दिनको दिन उपहार दिए, हेर्नु भयो होला तपाइले पनि फोटोमा वा
भिडियोमा| कस्तो लग्यो? मन्त्रिले मन्त्रिलाइ दिने उपहार| भित्र जे सुकै होस् त्यो
उपहार हो तर तौर तरिका?
हामी हाम्रा नेता मात्रै बाहिर पठाउदैनौ बिदेशी पनि भित्र्याउछौ र
उनीहरुको मात्रै उपहार लिदैनौ, बाहिर मात्रै गएर मात्रै दिदौनै नेपालमा आएका पाउनालाइ
पनि दिन्छौ| केहि समय अगाडी एक जना भू-पु पर्यटन मन्त्रिले चिनिया प्रोफेसर (जो
नेपाली पर्यटन संग सम्बन्धित एक कार्यक्रममा आएका थिए) लाइ ५ तारे होटलमा आयोजना
गरिएको कार्यक्रमको भेटघाटको क्रममा उपहार दिएको फोटो उनि आफैले फेसबुक मार्फत
सार्बजानिक गरेका थिए| फोटोमा प्रस्ट देखिन्थ्यो कि केहि पर्यटनसंग सम्बन्धित फोटोहरु
उनले उपहार स्वरूप दिएका थिए, तर उनले कुनै कलात्मक फ्रेममा राखेर दिएको भए
आयोजकलाइ कति आर्थिक भर पर्थ्यो र? जसको माध्यमबाट नेपाली कलाको पनि प्रबर्धन
हुन्थ्यो र हाम्रो इज्जत पनि खाली हातमा दिएको भन्दा ठुलै हुन्थ्यो होला नि होइन!
अनि हामी भन्छौ पर्यटन प्रबर्धन गर्न सकिएन वा सरकारले गरेन वा के के ...! केहि दिन
अगाडीको ब्रिक्स सम्मेलनमा मोदीले आफ्नो कोट “मोदी-कोट”को प्रचार गर्न ब्रिक्स
सम्मेलन कुरेर बसे तर हामीले ढोकामा आएका प्रत्यक अवसरलाइ खेर फालेका मात्रै छैन
त्यो संगै हाम्रो इज्जत पनि त्यस संगै धुलोमा मिसाईदिएका पनि छौ|
अर्को प्रसङ्ग,
केहि समय अगाडी सामाजिक संजालमा रास्ट्रपतिबाट विभिन्न भुषण
पाउनेहरुले उक्त पदकको फोटो राखे तर कति दयनीय! एउटा खाली कागजमा प्रिन्टगरेर
हातमा दिइएको थियो| हुन त पदकको नाम मात्रै भए पनि राज्यले राष्ट्रलाइ योगदान
गर्ने व्यक्तिहरुलाइ पहिचान गरेर हौसला दिएको छ त्यो धेरै राम्रो कुरा, भनिन्छ नि
अकबरी सुनलाइ कसी लगाउनु पर्दैन भनेर, हो यसमा कुनै कला जोड्नु आबस्यक छैन तर मैले
भन्न खोजेको चाही के हामी यस्तै सधै अपरिपक्वतामा नै बस्ने हो यस्तै अभ्यास गर्ने
हो? यदि हामीले त्यसलाई कुनै त्यस्तो कलात्मक फ्रेम भित्र राखेर दियो भने लिनेको
मात्रै होइन दिनेको पनि मन प्रफुल्ल हुन्न र? यसमा प्रयोग हुने केहि कला होला,
केहि सिप लाग्ला तिनीहरु हाम्रा कुनै उद्योगमा उत्पादन होलान कहिले रोजगारी पाउलान
देश भरि नै यसरी अभ्यास गर्न सकियो भने यसले रास्ट्रपति कार्यालयको बजेट पनि बढ्ला|
त्यस्तै गत बर्ष संबिधान जस्तो महत्वपुर्ण दस्ताबेज रास्ट्रपतिबाट हस्ताक्षर गर्ने
बेलामा साधारण डटपेन प्रयोग भयो भनेर हामीले केहि समाचार टिप्पणीहरु पनि पढ्न
पाएका नै हौ| हामी निम्न आय भएको मुलुक हौ तै पनि हाम्रो पाहुनालाइ उपहार दिदा
राम्रो संग प्याकेजिंग गर्न सक्ने हैसियत नै गिरेको जस्तो लाग्दैन, संबिधान जस्तो
ऐतिहासिक दस्ताबेज हस्ताक्षर गर्नको लागि बलपेन भन्दा स्तरीय कुनै प्रयोग नै गर्न
नसक्ने हैसियत भैसकेको छैन| बढी नकारात्मक भएको होइन तर हामीले गर्ने प्रत्यक
कुराहरुमा सुधार आउनु आबस्यक छ जसले गर्दा कुनै सिताहरुले, बाहिर विदेश भ्रमणमा
जादा वा कुनै आयोजना गर्दा सामाजिक संजालमा आलोचनाको पात्र बन्नु पर्दैन| सामाजिक
संजाल आलोचना गर्न मात्रै जान्दैन कसैलाई अलंकरिकता दिन पनि जान्दछ|
यस्ता कुराहरुलाई हतार भयो भन्दैमा, जानेन भन्दैमा के त्यसलाई हामीले
सहानुभूति दिन सुहाउछ? सुहाउछ भने कैले सम्म दिने- वा दिईराख्ने? हाम्रो अहिलेको
प्रधानमन्त्रि पत्नी मात्रै नपढेका होइनन हिजोका र भाबी पनि केहि नपढेका अबश्य थिए
र हुन्छन उनीहरुलाई अहिले देखि नै सिकाउनु जरुरि छ| किन कि सामाजिक संजाल सधै एकै
प्रकारको बिषयमा हसिक मजाक गरेर समय खेर फाल्न चाहदैन, सामाजिक संजाल कसरि देशलाइ
गतिशील गर्ने भन्ने तिर पनि सोच्छ र त्यसको प्रतिफल हामी सबैको हो| फेसबुके ट्विटेको
नभएको समय तपाईहरुको खेलासीले खेर नाजावोस!
जय देश|
No comments:
Post a Comment