प्रकृति पनि कति धेरै पक्षपाती छिन भने एकै परिधि भित्र विभिन्न प्रकारका जीव, तथा बनस्पतिलाइ एकै ठाउँमा बस है, एकले अर्कोलाइ सकुन्जेलसम्म हेप है भनेर राखेकी छिन! हुन त परिधि पनि केलाइ मान्ने? परिधिको वास्तविक अर्थ के हो-त्यो अहिलेको युगमा बिज्ञान-प्रबिधिको बिकाश संगै समायोजन भैसकेको अवस्था छ| समायोजन पनि कस्तो अपरम्पार छ जसको ब्याख्या गरेर गरि साध्य छैन! जीव-जगतमा हेर्ने हो भने एकै परिधि भित्र अर्थात् एकै थात-थलो भित्र बसेर तिनै बाघ-सिंह सधै अरु उनीहरु जस्तै अधिकार, आकृति, प्रकृति भएको प्राणीलाई आफ्नो दैनिक आहार बनाउछन तिनीहरुको जिजिबिसा नै त्यसरी नै भरिएको छ| ठुलो बलवान हृस्त पुस्ट अर्को प्राणीको निर्मम हत्या गर्नु नै उनीहरुको अर्को दिनमा अर्को प्राणीको पालो आउने वा स्वाद चाख्ने चक्र चलाउन व्यस्त हुनु हो! त्यस्तै बनस्पति जगतमा पनि त्यस्तै त्यस्तै अनवरत चक्र छ प्रकृति अलिक अहिम्स्रक होला तर बास्तबिकता एउतै हो नत्र हामीले किन मुख्यबालिलाइ गोडमेल गर्नु पर्थ्यो र? मुख्य बालिलाइ नस्ट नगरोस भनेर बंसोलाइ खेताला लगाएर नै फ्याल्नु पर्ने केहि जरुरि थिएन जस्तो भेडा बाख्रालाइ स्याल, बाघले खान्छ कि भनेर गोठाला लाग्ने गर्छौ|
हामी मानब प्राणी जगतको सर्ब श्रेष्ठ प्राणी रे! हुन त यो मानबले नै मानबलाइ दिएको उपाधि हो किन कि मानबले अरु कसैलाई पनि सर्ब श्रेष्ठ देख्न सकेको छैन र देख्ने छैन पनि| यदा कदा दोश्रो ग्रहबाट एलियन पृथ्बीमा आउछन भन्ने हल्ला पनि आफै गर्छन र उनीहरु मानिस भन्दा हजारौ गुना शक्तिशालि छन् भनेर अनुमान गर्छन| यसको मतलब हो मानिसले जसरि पृथ्बीमा स्व-घोसित विजय हासिल गरेको छ त्यस्तै तवरले अर्को ग्रहमा पनि विजय हासिल गर्न खोजेको छ तर सकेको छैन त्यसैले त पृथ्बीमा नै एलियनको भय देख्न थालेको छ|
यसको ब्याख्या धेरै तरिकाले हुन सक्छ जुन ब्याख्या व्यक्ति बिशेष परिवेश बिशेष फरक हुन सक्छ| परिवेश एकै भए पनि परिवेशको भोगाई व्यक्ति बिशेष फरक हुने भएकोले प्रत्यकको ब्याख्या पनि फरक हुने निश्चित नै छ| अझ भन्ने हो भने मानिस यस्तो जीव हो जसले एक खालको परिवेशलाइ पनि समय अनुकुल विभिन्न भोगाईहरुको अनुभब बटुल्न सक्छ जुन अनुभब उसको समान परिवेश भन्दा नितान्त फरक पनि हुन सक्छ| फरक पनि यो अर्थमा कि कुनैमा पाउने स्वर्गीय आनन्द सधै एकै प्रकारको हुन्छ भन्ने पनि छैन| हुन त कसैले स्वर्गीय आनन्दलाइ विभिन्न प्रकारले ब्याख्या गर्न सक्छन तर वास्तविक स्वर्गीय आनन्द के हो भन्ने नै परिवेश अनुसार फरक प्रकृतिको हुन सक्छ| साधारण उदाहरण अत्यन्त तिर्खा लागेको व्यक्ति मानौ उसले कैयो दिन देखि पानि पिउन पाएको छैन त्यसले चीसो पानि आफ्नो प्यास मेटुन्जेल खान पाउनु नै उसको लागि स्वर्गीय आनन्द हो| कुनै प्रेमी प्रेमिकाले बर्षौ देखि एक-आपसमा भेट्न नपाइराखेको बोलि सम्म पनि सुन्न नपाइ राखेको अकस्मात भेट भएर उनीहरुले आफुहरु प्रति भएको प्रेमलाइ एक यौबन प्यासको रुपमा समेत पोख्न पाउदा हुने आनन्द पनि त स्वर्गीय आनन्द हो| यी भिन्न प्रकृतिका स्वर्गीयतालाइ एकै प्रकारमा राखेर तुलना गर्नु नै मानिसको निर्लज्जपन हो किन भने उ आफैलाई सर्ब श्रेष्ठ प्राणी पनि भन्ने र एक आपसमा हुने सम्बादको लागि, आफ्ना अनुभूतिहरु पोख्न वा साट्नको लागि आफैले कुनै भाषाको समेत अविस्कार गरेको भनेर गर्ब गर्नेले सबै प्रकृतिको अनुभबलाइ एकै प्रकृतिमा राखेर तुलना गर्नु नितान्त निरिहपनको पराकाष्टा हो| (मलाई लाग्दैन यो मैले लेखिराखेको भाषामा मात्रै लागु हुन्छ, अन्य भाषाको पनि हालत त्यहि त होला)
मानिसले अहिले सम्म आफ्नो बारेमा पत्ता लगाएको सबै भन्दा कटु पक्ष के हो भने मानबमा कुनै पनि एकरूपता हुदैन तर उसले गरेको अध्यन अनुसार अन्य प्राणी भने उसको लागि सबै एकै हुन्| जबकि मानिसको चाही व्यवहार शिक्षा, उमेर, लिंग, धर्म ...अनुसार फरक हुने भनि उनीहरु आफुलाई नै विभिन्न दर्जामा आफैले राखेका छन् तर त्यस्तै अन्य प्राणीको हकमा भने त्यसलाई एकै समुहमा राखी एकै प्रकारको व्यवहार गरिएको पाइन्छ| हुन त केहि हद सम्म भन्ने हो भने त्यसको व्यवहार पनि अवस्था परिस्थिति अनुसार फरक त पाइएको छ तर मानिसले आफुलाई आफैले गरेको बर्गिकरण अनुसार र त्यो बर्गिकरण अनुसार उनीहरुले गर्ने अन्य प्राणीसंगको व्यवहार हेर्ने हो भने तिनीहरुको प्रकृति एकै हुन्छ| कुनै गरिबको घरमा बस्ने कुकुरलाइ गरिने व्यवहार र धनिको घरमा बस्ने कुकुरलाई गरिने व्यवहारमा केहि पनि फरक छैन| धनि मानिसले मीठो मसिनो खान देला, कुनै बिशेष प्रकारको घर बनाएर राख्ला कपडा लगाइदेला जुन त्यस्तै तर आर्थिक स्तर अनुसार गरिबको व्यवहार पनि त उसले पालेको कुकुरलाई हुन्छ यसमा तात्विक फरक नै के छ र?
मानौ मानिस मानिस नै हो उसले आफ्नो आर्थिक हैसियत अनुसार, आफ्नो क्षमता अनुसार र आफ्नो अनुकुलता अनुसार प्रत्यक परिस्थितिहरुलाई आफ्नो बसमा ल्याउन चाहन्छ र त्यहि अनुसार उसको दैनिक क्रियाकलाप पनि निर्धारित हुन्छन| मानिस भनेको नै एक प्राणीहो जसले आफ्नो जन्म-मृत्यु चक्रमा गर्ने विभिन्न क्रियाकलापले नै उसलाई मानिस बनाएको हुन्छ| किन कि कुनै मानिस भएर पनि हरपल उसले आफुले आफ्नो कर्तब्य बिर्सी रहेको हुन्छ यसलाई पछि ब्याख्या गर्ने छु| मानिसले आफुलाई आफैले हेर्ने दृस्टी र अरु बाट हेरीइने दृस्टीमा तात्विक फरक राख्दैन भने, आफुले आफैलाई गर्ने व्यवहार र अरुबाट आफुलाई गरिइने व्यवहारमा कुनै तात्विक भिन्नता पाउदैन भने उसको मानिस हुनुको सार्थकता धेरै हद सम्म मानिस नजिक हुन्छ| हुन त यसलाई कुन हद सम्म भन्ने पनि हुन्छ, त्यो हद-लाइ समान राख्ने हो भने त्यो नै एक जन्म मृत्यु जिबन चक्रमा हुनु पर्ने आबस्यक तत्व हो| तर कहिले कहिँ यस्तो भइदिन्छ कि सादगी रही आएको वा रहने प्रण गर्ने हरुपनि परिस्थिति भन्दै सम्पूर्ण दोष निराकार "परिस्थिति" लाइ लगाएर आफु वोही परिस्थितिको बन्धनबाट मुक्त हुन खोज्छन| र हाम्रो जिबनको बास्तबिकता पनि यहि नै हो| सादगी त तब सम्म हुन्छ जब सम्म सम्पूर्ण कुराहरुलाई "समान" अर्थात् "बराबर" भन्ने शब्दाम्सले बार लगाइन्न|
हुन त सधै हामी परिस्थिलाई दोष दिने गर्छौ र त्यो परिस्थिति पनि परिस्थिति अनुसार फरक नै भएर आउने गर्छ त्यसैले होला उक्त परिस्थितिले मानिसलाइ कहिले कहिँ आफैबाट आफैलाई हटाएर अरु कसैलाई कर्ताको रूपमा आफु मार्फत काम गराइराखेको हुन्छ| यस्तो बेलामा पनि मैले यो काम गर्दै छु यसले म स्वयं र अर्को व्यक्ति अवस्था वा परिस्थितिलाइ राम्रो गर्दैन मतलब हानी नै गर्छ भन्ने थाह हुदा हुदै पनि उक्त कर्ताको खटनअनुसार चलिरहको थाह हुन्छ| जस्तै भनौ कुनै दुइ व्यक्ति बीच मन मुटाब किन हुन्छ जब कि दुबैलाई थाह छ कि यसले दुबैको फाइदा गर्दैन, यस्तो बेलामा को र कसको कर्ता भैराखेका छौ? के यसलाई सजिलै पहिल्याउन सकिन्छ? यी एकदम जटिल प्रस्न हुन् जसको उत्तर जब सम्म हामी आफैमा पाउदैनौ तब सम्म हामी अहिले नै बिस्व बिजेता हुन्छौ कि जस्तो गरेर, हार वा जित को रुपमा, असफल वा सफलताको रूपमा त्यसलाई कसी बनाइ राख्छौ| यसमा बिशेष मनिषमा हुने मानबत्व भन्दा पनि फरक प्रवृतिको आवरणले हामीलाई कर्ता बनाइराखेको हुन्छ| जसको कारण हामीमा भएको सादगीतालाइ बास्तबिकता भन्दा टाढा लैजाने काम गर्छ जसको परिनाम नै आजको निर्विकल्प समुदाय बन्न पुगेको हो|
अझ भन्ने हो भने मानिस आफैले आफैलाई सामाजिक प्राणी पनि भनेर उदघोस गरेको छ| यसको मतलब हो कृतिम वा प्राकृतिक समुहमा बस्न रुचाउने वा बस्न सघाउने यसको अझै सुक्ष्म मतलब हुन्छ जिम्मेवार बन्ने| जिम्मेवार भनेको के? यसको मतलब हो अरुको हेरचाह-- यो सार्है र्यासनल शब्दावली हो, जिम्मेवारलाई धेरै तरिकाले बर्णन गर्न सकिन्छ त्यो पनि परिवेश र आवस्यकता बिशेषमा| चाहे त्यो एक परिवारमा होस् चाहे बाहिर जसमा प्रत्येकोको आफ्नो जिम्मेवारीको हिस्सा हुन्छ कुनै बेला एकले अर्को जिम्मेवारीको परिपुरकको काम गर्दछन भने कुनै बेला अर्काको प्रतिस्थापनको जुन एक-अर्काको आबस्यकता अनुसार हुने गर्छन| तर यहाँ फेरी कुरा आउछ एक-अर्काको आबस्यकता भनेको के? मानौ परिवारको एक सदस्यको कुनै आम्दानीको श्रोत छैन अर्कोले कमाएर ल्याउने काम गर्छ यस्तो बेलामा हाम्रो सादगीत्वले बेरोजगारको अधिकतम आर्थिकमागलाइ अर्कोले आर्थिक भारको रूपमा लिन्छ कि लिदैन भन्ने नै| यसको मतलब समस्या सबैको बराबर हुन्छ चाहे त्यो सानो होस् वा ठुलो कसरि मिलेर समाधान तर्फ लाग्ने भन्ने नै ठुलो कुरा हो| जब सम्म समाधानको बिन्दु तर्फा उन्मुख हुदैन तब सम्म समस्याको समाधानमा गरिएको ढिलाई नै असंतुस्ठीको मूल कारण हुन सक्छ| जुन असंतुस्ठी नै हाम्रो सादगीत्वलाइ हामीबाट टाढा लैजाने तत्व हो र त्यसैले हामीलाई कर्ता बनाएर समस्या माथी समस्याको चंगुल थुप्र्याइदिने काम गर्छ| र एक-माथि अर्कोको हैकम र हैकम नै नभएता पनि अर्कोले आफुलाई निरीहता महसुस गर्ने काम गर्छ| जुन निरीहता नै वास्तविक मानिसको निरिह पनि हो| जसको समाधान एकले सादगी जीवन जिएर सम्भब छैन| किन कि यहाँ त हैकम वाला र निरिह वाला भित्र भएको जलनले एक अर्कोलाई सादगी जीवन जिउन दिने छैन|
No comments:
Post a Comment