Monday, February 29, 2016

"जहाज दुर्घटनामा महावीर पुनको भनाइप्रति आपत्ति"----प्रति आपत्ति



गत हप्ता एउटा दुखद दुर्घटना भयो, र उक्त घटना मौसमको कारणले भए पछि एक समाजसेवी महाबिर पुनले आफ्नो फेसबुकवालमा आफुले नागरिक उड्डयन प्राधिकरणलाइ गरेको सहयोगको र उनीहरुले गरेको बेवास्ता  र त्यसलाई आधार मानेर अन्य पत्र-पत्रिकाले समाचार बनाउदा यो बिषयले धेरै चर्चा पायो| अझ रोचक कुरा के छ भने नेपाल हवाई यातायात नियन्त्रक सङ्घका अध्यक्ष लगायत अन्य सम्बद्ध व्यक्तिहरुले उक्त सामाजिक संजालमा देखिएको र समाचार प्रति खण्डन गरेको कुरा भएको छ|

प्रथमत: को हुन् महाबिर

महाबिर एक व्यक्ति मात्र नभएर समाजको आबस्यकता र उक्त आबस्यकता पुरा गर्ने बाटो यो हो भनेर देखाउने पथप्रदर्शकको पर्यायबाची हुन्| पथप्रदर्शकले सधै गाइड गरेर बस्छ भनेर सोच्नु कसैको पनि निकम्मापन हो| उनको विचारलाइ साकार पार्न र योजनाहरुलाई सहयोगको लागि हजारौ युवाहरुले आफ्नो दक्षता, र समय दिएर उनलाई सहयोग गरेका छन्| तर न महाबिरले पैसाको लागि काम गरेका हुन् न त ति युवाले नै यो त मात्र परिबर्तनको सम्बाहकहरुलाई होस्टेमा हैसे मात्रै गरेका हुन्| जुन अनवरत जारी नै रहनेछ भन्ने पूर्ण विश्वास छ|

दोश्रो: हाम्रो समाज

बिगतको दशकबाट नेपाली समाजको मुहार यस्तो गरि फेरिएको छ कि मानौ समाजमा केहि कुराको पनि आबश्यकता छैन, समाज धेरै शिक्षित भैसकेको छ, कसैले कसैलाई केहि भन्नु हुदैन र अरुको खोट देखाउनु भनेको त पाप नै हो र त्यो कुराको खण्डन गर्नु उसको धर्म हो| आफ्नो ब्यबसयिकताको धर्म ठान्ने यी ठालुहरु नै हाम्रो समाज परिबर्तनको बाधक बनेको दृस्टान्त हामीमा छन्| उदाहरणको लागि महाबिर पुनको पहलमा अहिले सम्म धेरै कामहरु भएका छन, ति कामहरु कुनै पनि कुराको लागि रोल मोडेल हुन् र आबस्यक पनि छन् जसले समाजलाइ विभिन्न कोणबाट उत्प्रेरित गर्ने काम गर्छ र विद्वतवर्गलाइ एक पाहिला अगाडी बढ्न निर्देशित गर्नु पर्नेमा यहाँ त ठिक उल्टो हुने गरेको छ| अहिले सम्म गरिएका कामहरु नितान्त नया प्रयोग हुन् र यी प्रतिनिधि कामहरुलाइ जसले पनि उपयोग गर्न सक्छन र यसको व्यवसायिकताको लागि सदैब हार्दिकताको साथ आमन्त्रण पनि गरिएको छ| जस्तै म्याग्दी जिल्लामा इ-कमर्शको काम सुरु भएको लगभग १० वर्ष भयो, दुर्गम क्षेत्रमा इन्टरनेट, टेलि-मेडिसिन, इ-लर्निंग, स्कूल-स्कूल बीच इन्ट्रानेट गरि एक आपसको श्रोत तथा क्रियाकलाप आदान प्रदान गर्ने देखि लिएर जलबायु परिबर्तन, स्वो-रोजगार देखि यावत कुराहरु शुरु भएको पनि बर्षौ भै सक्यो तर ति कुराहरुलाई सस्थागत गर्ने काम अझ सम्म पनि हाम्रो समाजले गर्न सकेको छैन ब्यबसयिकता तिर लान सकेको छैन तर भन्ने गरिन्छ कि यत्रो धेरै ठाउमा हात हाल्नु भन्दा किन एउटा काम गरेर महाबिरले स्तरीय सेवा दिदैनन?... प्रश्न सजिलो छ तर यसको उत्तर धेरै गारो छ मौखिक भन्दा पनि काम गरेर उत्तर दिनलाइ किन भने हाम्रो काम गराईमा आइरहेको यो लोसेपन नै बिचलित अवस्था पनि हो र त्यसैको उपज यो दुर्घटना तथा त्यसपछि देखिएको एक-पछि अर्को आरोपको शृंखला|

केहि समय अगाडि पूर्व उपप्रधान तथा ग्रिह मन्त्रिले फरक प्रसङ्गमा भन्नु भएको थियो कि “नेपाली सरकारी कर्मचारीहरु प्रबिधि जान्दैनन् र प्रयोग गर्न सक्दैनन्” तर बिडम्बना त्यो वास्तविक कमजोरी हामी खोक्रो आडम्बरीमा अडेको स्वाभिमानी नेपालीलाइ पचेन र यति सम्म आलोचना गर्यौकि धन्न नेपालका बनि परेका नेता भएका हुनाले राजिनामा नै गर्नु परेन| अहिले पनि त्यहि होइन र? हो प्रत्येक क्षेत्रमा ब्यबशायिकता आउनु पर्छ त्यसैले र ति ब्यबसयिकता आवोस भनेर नै विभिन्न प्रकारका ब्यबसयिकताका आधारभूत कुराहरु अबलम्बन गरिएको छ तर ब्यबासयिकता नै सर्बेसर्बा हो भनेर बस्नेहरुले जहाज उडाउनको लागि चाहिने कुराहरुमा किन ख्याल गर्दैनन्| नीति नियमको कुरा, सिद्दान्तको कुरा अथवा अन्य कुरा गर्ने हो भने उनीहरु भन्दा बिज्ञ अरु कोहि छैनन् कि जस्तो गर्छन जब कि जहाजको टिकट काट्ने बेला देखि आफ्नो लगेज बोकेर घर नपुग्दा सम्म प्रत्यक्ष परोक्ष भएका व्यवहार, प्रबिधि, ब्यबशयिकताको हबिगत देख्दा लाग्छ यी भगवान भरोसे ब्यबसायीहरुको ब्यबसाय कसरि बाचेको होला!

तेश्रो: नेपाल सरकार

नेपालको हवाईक्षेत्र अति असुरक्षित भनेर लिस्ट गरिएको पनि धेरै भैसक्यो र त्यसपछि पनि धेरै दुर्घटना भैसके तैपनि नेपाल सरकार के गरिराखेको छ भन्ने प्रश्न आउन सक्छ, तर नेपाल सरकारले आइकायोलाइ बेलाबेलामा पत्राचार गरेको छ “नेपाललाइ असुरक्षित” बाट हटाइदेउ भनेर, पर्यटन क्षेत्रलाइ आफ्नो अर्थतन्त्रको मेरुदण्ड मान्ने सरकार यसको नियमकन गरेर गुणस्तरीय सेवा दिन, प्रबिधि मैत्री तथा प्रबिधिमा आधारित भएर काम गर्न हच्किन्छ अनि भन्छ हाम्रो आर्थिक मेरुदण्ड पर्यटन हो, के सुकेका डाँडा र त्यसको वर पर भएको गरिबी हेर्न आउने हुन् पर्यटक नेपालमा?

No comments:

Post a Comment