Friday, June 5, 2015

०६१ पुल्चोक ब्याचलाइ चिठी!

प्रिय साथीहरु!
आज म ६१ ब्याचको नाताले एउटा चिठी लेखिराखेको छु तपाईलाईहरुलाई मन पर्यो भने वा परेन भने पनि मेरो इन-बक्समा लेख्नुहोला!
आज म प्रबिधिको क्षेत्रमा भनौ वा बिकाशको क्षेत्रमा वा कुनै पनि क्षेत्रमा तपाइँहरुले उदाहरण लिने एक मद्धे देशमा छु र ६१ ब्याचको साथीहरु मद्धेले कुनै अति हावा गफ दिने शिक्षक वा प्रोफेसर वा लेक्चर जे भने पनि-ले भनेका होलान कम्प्युटर इन्जिनियरले के गरेर देखाउने हो वा कम्प्युटर इन्जिनियर भनेको के हो भनेर म देखाइदिन्छु भनेर बेला बेला मा सफ्टवेयर इन्जिनियरिंग पढाउदा झल्झली सम्झिरहनु भएको होला र आज त्यहि भोगी रहनु भएको होला!  मलाई विश्वास छ रोजगारी र बिश्वबिध्यलय भनेको भिन्न कुरा हो तै पनि आज म त्यहि कुरा सम्झिरहेको छु किनभने म संग तलको तथ्यहरु साची छन्!
१)      हामी २०६१ साल (नेपाली) अथवा २००५ सालमा पुल्चोक क्याम्पसमा भर्ना भयौ जुन क्याम्पस नेपालको लागि के हो भनेर भन्नु पर्दैन जोग जाहेर छ! तर आज त्यहि क्याम्पसमा पढाउने केहि गुरु-भनौ या बिगारेर “—रू”  भनौ देखि सार्है नमज्जा लागि राखेको छ| प्रसङ्ग: नेपाली सूचना तथा प्रबिधि केन्द्र :- जुन बेला तपाइँहरुलाई थाह थियो हाम्रो बिभाग प्रमुख जो NITCको डाइरेक्टर थिए र उनले भन्ने गर्थे मा ३-४ ब्याचको कम्प्युटर इन्जिनियारलाइ नेपालमै राख्छु र कप्म्यूटर इन्जिनियर भनेको के हो र उनीहरुले के गर्न सक्छन भनेर देखाइदिन्छु----आज देखिरख्नु भएको छ तपाइले वहाको प्रयासले के गर्नु भयो र नेपालमा कुन ठाउमा बसिराख्नु भएको छ भनेर
२)      तपाइँ अहिले एउटा प्रोफेसनल हुनुहुन्छ कुनै क्षेत्रको जुन ७-८ बर्ष कोहि थियो भने अहिले त्यसलाई जुन सुकै अवस्थामा पनि प्रतिस्थापन गर्ने अवस्थामा हुनुहुन्छ वा सक्नुहुन्छ एउटा लिंक हेर्नुहोस https://www.itu.int/ITU-D/ict/events/bangkok07/doc/16.country%20presentation_Nepal.pdf अनि थाह पाउनु हुनेछ तपाइलाइ कस्तो मान्छेले फुर्ति लगाएका रहेछन र के गरेका रहेछन भनेर!.....
३)      कुरा त्यति मात्रै होइन मित्र! प्रबिधि धेरै चलायमान छ जुन तपाइँलाइ पनि थाह छ र सबैलाई जुन प्रविधिको क्षेत्रमा लागेको छ! त्यस समयमा फुर्तिलागाउने मान्छे अहिले सम्म पनि त्यहि फुर्तिले बाचेको छ र हामीले फेरी भन्ने गर्छौ नेपाल विकास हुन सकेन? यो हाम्रो बिडम्बना हो यो हाम्रो निकम्बापन हो किनकि सच्चाईदडलर-बादी भनेको को हुन के गरि राखेको छन् र के गर्दै छन् कस-कसलाई नेपालको अवस्था बेचेर र केहि नगरी आज-सम्म श्रीमतीको फरिया फेरीराखेको छन् भनेर भन्नु पर्ने अवस्था आइसकेको छ! आज किन काठमाडौँ-दुर्गम स्थान, पहाड-तराई, हिमाल-पहाड, बाहुन-जनजाती वा त्यस्तै त्यस्तै कुराको आवाज उठ्ने गरेको छ? के हामी त्यस्तै मानिस वा वा बाट दीक्षित भएर र तिनै तिनैको गुण-गान गाएर बसेर हो या अरु केहि नगरेर हो? जसले भनेका थिए e-Government भनेको के हो कम्प्युटर इन्जिनियरिंग भनेको के हो भनेर? उनले के गरे? र आज तपाइँ यदि जान्न चाहनुहुन्छ भने हेर्नुहोस आज सम्म के गरिराखेका छन्!
४)      आज एक व्यक्ति साग भेट भयो उनले भन्दै थिए उनि नेपालक महामहिम हुन् उनले जे भन्यो त्यहि हुन्छ तर त्यस समय देखि आज सम्म जे भन्यो त्यहि भन्दा हुने व्यक्तिले किन केहि हुन सकेन? उनि कुन राजनीतिक आस्था बोकेका व्यक्ति थिए र आज सम्म त्यो राजनीतिक आस्था भएको पार्टी कुन स्थानमा छ र उनको बोलवाला कसरि चलिराखेको छ भन्ने कुरा उनले मलाई छर्लंग बनाइदिए! यदि यसरि राजनीति आस्था हुने भए हामि किन बिस्वबिद्यालय जाने?
५)      अहिले नेपालमा भूकम्प गएको छ र हामीले केहि स्कूलमा कम्प्युटर शिक्षाको बारेमा कुरा गर्न गएका थियौ तर त्यसको बारेमा उनले पहिले नै भनेका रहेछन र लगभग १ मिलियन डलरको कुरा लगभग पक्का भैसकेको रहेछ मात्रै agreement हुन बाकी रहेछ त्यो पनि कुनै नाम नसुनेको सस्थाको नाममा भन्नुहोस अब अहिले सम्म त्यस सस्थाको नाम बाट आज सम्म केहि भएको छैन भने अब भूकम्प पछि केहि हुन्छ भन्ने के आस? र थाह छ त्यो ठाउ कुन हो? तपाइँ हास्नु हुन्छ सुन्ने हो भने? काठमाडौँ रे! ये बाबा काठमाडौँ  जुन पहिले देखि नै बिकसित ठियो होला भूकम्प बाट केहि क्षति भयो तर त्यो भन्दा विभत्स अवस्था त सिन्धुपाल्चोक गोरखा नुवाकोट दोलखा धधिंग भंएको छ नि! तर उनको स्वार्थ के छ भने उनले सजिलै केहि भवन ठड्याउन सक्छन (जुन अरुको पैसाले) केहि संरचना निर्माण गर्न सक्छन(जुन अरुको पैसाले) र फेरी भन्ने छन् मैले यो काम गरे! किन कि नेपालका कर्मचारी त्यहि हुन् जसले एक-कप चियामा र्याल काड्ने छन् र ति तिनै हुन् जो उनैका समकक्षी हुन या उनैका पार्टी समर्थक भरौटेहरु हुन् जसले राम्रो जागिरको र्याल चुहाएर बसेका छन्

अन्तमा मा के भन्न चाहन्छु भने जो होस् जे होस् हाम्रो होइन राम्रो मान्छेलाइ खोजेर सम्मान गरौ उत्प्रेरित गरौ तर कोहि यस्तो छ भने उसलाई नांगेझार बनाएर सडकमा पल्टाउनु नै हाम्रो देशका हामी नागरिक भनेर चिन्ने राम्रो अवसर हुने छ किनकि हाम्रो सृजनशील उर्जा यिनीहरुले चुसेर लिराखेका छन् यिनीहरुले हाम्रो गरिबी बेचेर आफ्नो भुडी ठुलो बनाई हामीलाई कहिलै नउठ्ने गरिबीको चपेटामा पारिराखेका छन् 

No comments:

Post a Comment