Friday, May 8, 2015

राजनैतिक दाउपेच भन्दा दिर्घकालिन समस्याको समाधान तिर लागौ

ढिलै भए पनि सरकारले भूकम्प पिडितलाइ राहतको प्याकेज ल्याएको छ अरु जे जे भए पनि देखिने गरि केहि न केहि ल्याएको छ| यो अहिले मात्रै होइन पहिले पनि ल्याएको थियो जस्तै सेना-समायोजनको नाममा पनि अरबौ रकम बाड्यो त्यो पनि राहतको नाममा नै बाडिएको थियो स्व-रोजगारको नाममा पनि अरबौ बाडेको थियो र अहिले पनि खरबौ बाड्ने योजना ल्याएको छ| ध्यान्याबाद नेता-गणहरुलाई केहि न केहि त गर्नु भयो| 

भूकम्प अघि र भूकम्प पछिको नेपाललाइ हेर्ने हो भने आकाश-पाताल फरक भएको छ| प्रतक्ष रूपले पिडित हुनेको कुरा गरेर साध्य नै छैन उनीहरुको पीडालाइ अहिले कुनै पनि क्षणिक राहत प्याकेजले दिर्घकालिन सम्बोधन गर्न सक्दैन| यो दिन लागिएको प्याकेज तत्कालिन केहि राहत होस् भनेर दिएको हो भन्ने मेरो बुझाई छ तर सरकार तथा सम्पूर्ण सम्बृद्ध नेपालको परिकल्पना गर्नेहरुले के बुझ्नु जरुरि छ भने यो प्याकेजलाइ दिर्घकालिन रुपमा कसरि अगाडी लैजान सकिन्छ भनेर योजनाबद्धरुपमा काम गर्नु नै नयाँ नेपालको परिकल्पनाको खाका हुन सक्छ|

मैले देखेको केहि समस्याहरू राख्न चाहन्छु
१) हिजो बैंकहरुले घरजग्गामा दिल खोलेर लगानी गरे तर उनीहरुले लगानी गर्दा अपनाउनु पर्ने आधारभूत कुराहरुलाई ध्यान दिएनन् र त्यस बेला बनेका भब्य अपार्टमेन्टहरुमा गरिएको लगानी बालुवामा पनि खन्याएजस्तो भएको छ, लगानी गर्नेले त केहि हद सम्म उठायो पनि होला तर ती अपार्टमेन्ट किन्नेहरुलाइ राहत अब कसले दिने? अपार्टमेन्ट बनाउनको लागि आबश्यक आचारसंहिता (Quality Standard) लगाउनको लागि जिम्मेवार को थियो? शहरी बिकाश, भवन बनाउन अनुमति दिने निकाय वा ठेकेदार वा बैंक वा लगानी गर्ने व्यक्ति वा अपार्टमेन्ट किन्ने व्यक्ति?
२) अब बसालिने बस्तिलाइ पहिलेको जस्तै छरपस्ट छरिएर रहेको गाउ बनाउने वा ब्यबस्थि बसोबास गर्नको लागि कुनै उपयुक्त स्थानको अध्यन गरि आधुनिक शहर/बस्ति जसमा सबै सुबिधा पुर्याउन सजिलो बनाएर बनाउने? पहिले देखि नै जस्तो गरि गाउमा बस्दै आएका थियौ त्यस्तै बनाउंदा भोलि स्वास्थ्य, शिक्षा, खानेपानी, जस्ता यावत आधारभूत सुबिधाहरु कसरि पुर्युना सकिन्छ? अनि फेरी अपार्टमेन्टको व्यापार जस्तै गरि भबन बन्ने त होइन भन्नेमा सरोकारवालाहरु  कत्तिको चिन्तित हुनुहुन्छ?
३) हो अहिलेको प्राथमिक आबश्यकता भनेको बस्ने स्थान नै हो यसमा दुइमत छैन तर भूकम्पमा आफ्नो बस्ने ठाउ ढलेजस्तै गरि भोलि खाने, लगाउने र केहि जोहो गरेर राखेको सम्पति पनि गएको अवस्थामा घरबनाउन दिएको पैसा सबै घरमा खर्च भयो वा अन्य अर्थोपार्जनभन्दा अन्य काममा खर्च भएर सकियो भने आजको पिडित र भोलिको पिडितमा केहि फरक पर्ने वाला छैन जुन हिजो सेना-समायोजनको नाममा दिएको राहत प्याकेजको हालत भएको थियो| घरबनाउनको लागि पैसा दिएर मात्रै समस्या समाधान हुने छैन किन कि एक जनाको वा एक गाउ मात्रै होइन बनाउनु पर्ने लाखौ घर बनाउनु पर्ने हुन्छ त्यत्रो घर बनाउनको लागि चाहिने जनशक्ति छोटो समयमा कसरि जुटाउन सकिन्छ? कि हामीले पहिले मलेसिया-खाडी तिर घर बनाउन युवा पठाएको थियौ अब मलेसिया-र खाडीका नागरिकलाइ बोलाउने अनि समान पनि त्यति बाट ल्याउने?  खण्डहरबाट पिडितलाइ बाहिर ल्याउन नपाउअदै इटाको भाउ आकासिसकेको छ हामी संग भएको उत्पादन क्षमता त्यहि हो कि फेरी अन्तरास्ट्रिय समुदायलाइ हाम्रोमा मनसुन आयो उद्दारमा सहयोग गर भनेर आह्वान गर्ने?
४) अहिलेको समस्या भनेको एक जनाको होइन धेरैको हो त्यसैले एकीकृत बसाईलाइ प्राथमिकता दिनु र स्वरोजगार, र औधोगिक क्षेत्रमा लगानी गरि दिर्घकालिन समस्याको समाधान गर्नु नै उपयुक्त हुन्छ, उपयुक्त स्थानको अध्यन गरेर एकीकृत बसाईको अबधाराना गर्ने हो भने त्यसले सिर्जना गर्ने अवसरहरुले समग्र देशको बिकाशमा धेरै ठुलो टेवा पुग्ने छ|
५) अहिलेको भूकम्पले घरमात्रै ढलेको छैन सबै पहाडी क्षेत्रहरु छिया-छिया भएका छन् जुन कुनै पनि बेला अकल्पनीय क्षतिको सम्भावना पनि बोकेर बसेको छ| हामीले गोरखा, सिन्धुपाल्चोक लगायत धेरै ठाउमा जमिन एकमिटर भन्दा बढी च्यातिएको देखेका छौ भोलि त्यहाँ पानी पर्यो भने एक वर्ष त अडला तर त्यसको समाधान र उद्दार गर्ने हैसियत हामी संग छैन किन कि सिन्धुपाल्चोकको जुरे त्यसैको एक उदाहरण हो यसलाई खेलासी नगरौ|
६) अहिले हामीले के राजनैतिकदलले यसलाई आगामी राजनीतिमा आफ्नो ठुलो भबिस्य देखेर काम नगरौ दिर्घकालिन सोच-विचार, छलफल गरेर सबै निर्क्यौल गर्नु पर्छ नत्र बेला बेलामा आए जस्तो हैटी-इन्डोनेसियाको समस्या र त्यसको समाधान गर्नको लागि गरिएको लापरबाहीले गरेको अस्त-व्यस्त हाम्रोमा पनि आउदैन भन्न सकिन्न| 
यदि अहिले हामी संग भएका पुराना समस्या तथा भूकम्पबाट सिर्जित नयाँ समस्यालाइ एकै पटक समाधान गर्नपट्टि लागिएन भने एक-पटक पत्रु भैसकेको नेपाली राजनीतिले कहिले पनि माथि आउन नसक्ने गरि भासिने छ र नयाँ द्वन्दको सिर्जना नहोला भन्न सकिन्न| यो विसम परिस्थितिमा दुरदर्शी भएर समस्याको समाधान गर्न पट्टि लागिएन भने हामी सबै समस्याको समाधान नभए पनि नब सामन्ति र राजनीतिको दाउपेचमा नेपालीलाइ सधै अन्धकारमा राख्ने हजारौ मुसाबाट शासितहुनु भन्दा एक शिंह गुहार्न नपरोश र  त्यसको बिपक्षमा उभिनेहरुलाइ गल्लि गल्लिमा अहिले जसरि नेपालीहरुको नेताहरुको अदुरदर्शीको कारणले धेरै क्षति व्यहोर्नु परेको छ त्यसको पीडा त्यता तिर लगेर पोख्न बाध्य नबनाईबक्स्योस!

No comments:

Post a Comment