Friday, May 1, 2015

कस्तो बेलामा लेख्न पुगेछु "हामी केहि गर्न सक्छौ?" भन्ने शिर्षकमा ब्लग

कहिले काही मनमा लागेका केहि कुराहरु लेख्न मन लाग्छ र लेख्न प्रयास गर्छु धेरै त असफल हुन्छु र ती राम्रा, नराम्रा, वा सफल हुने असफल हुने सबै कुरा-विचारहरु लेख्न नपाउदै तुहिन्छन| धेरै जोस जाँगर जुटाएर जाजरकोटको समस्यालाइ हामीले कसरि कुनै घटना हुनु भन्दा अगाडी नै सजग रहने र भैसके पछि कसरि यसको समाधान गर्ने विषय मा "हामी केहि गर्न सक्छौ" मा लेख्न् खोजे धेरै अल्छि लागेको थियो तै पनि जसो तसो लेखे खासै राम्रो त छैन तै पनि यस्ता चुनौतीलाइ हामीले कसरि अवसरको रुपमा लिन सकिन्छ भनेर बैसाख १२ गते नेपाली समय अनुसार बिहान १०-११ बजे तिर लेखेको थिए, यो लेख प्रबिधि क्षेत्रमा लागेका र बिशेषगरि कसरि डाटालाइ अथवा कुनै स्थानको तथ्यांकलाइ व्यापारमा प्रयोग गर्न सकिन्छ भन्ने थियो र अर्को कुरा हामी सबैले भ्रस्टाचार, ढिलासुस्ती जस्ता समस्याहरु झेलीराखेको थियौ त्यति मात्रै होइन बेला बेलामा हुने दैबी प्रकोप, महामारीहरुले मलाई पहिले देखि नै घोचिरखेको थियो र त्यसलाई समाधान गर्न को लागि केहि साथीहरुलाई झकझाक्याउनको लागि लेखेको थिए... यो ब्लगले दिन खोजेको सार-भुत कुराहरु सबै क्षेत्रमा बिकसित हुदै जाने हो भने हामी जस्तो सुकै समस्यामा पनि जुध्न सक्ने छौ| तर मलाई अहिले आफैलाई नराम्रो अनुभूति भएको छ यदि यो कुरा हामीले पहिले नै सुरु गर्न पाएको भए, वा यस्तो संयन्त्र हामीले पहिले नै बनाउन पाएको भए? हुन त कुनै पनि दैबी प्रकोपलाइ प्रबिधि वा कुनै संयन्त्रले नियन्त्रण गर्न सक्दैन तर यसको क्षति भने अबस्य पनि कम गर्न सकिन्छ|

मलाइ एउटा कुरा सधै मेरो दिमागमा खेली राख्ने चाही बिकसित देशमा जस्तो सुकै Idea लाइ पनि बिजिनेस मोडेलमा ल्याउनको लागि लगानी जुट्छ तर हाम्रो देशमा किन जुट्दैन? के हो यसको समस्या? के नेपाली संग पैसा नभएको नै हो त? यदि छ भने तिनीहरुले कहारखेको छन्? अब यो बिषयमा खोज्नु पर्ने जरुरि भएको छ| किन भने हामीले नया नया राम्रा राम्रा काम गर्छौ तर त्यसको पहिलो prototype निकाल्दा सबै राष्ट्रिय दैनिकहरुमा वाह वाह आउने गर्छ तर त्यसपछि कैले पनि नदेखिने गरि हराउछ, अनि बिचरा त्यो बिकाश गर्ने निर्माण गर्ने व्यक्ति चाही निरिह भनेर पासपोर्ट बनाइ विदेश तिर हानिनु पर्ने हुन्छ| हाम्रोमा कुनै पनि काम गर्न त्यस्तो धेरै गारो छैन जस्तै महिनाको ३०-३५ हजार भयो भने राम्रो इन्जिनियर पाइन्छ जुन अमेरिकामा सोहि काम गर्ने उत्तिनै अनुभब भएको व्यक्तिलाइ महिनाको ५-६ लाख तिर्नु पर्ने हुन्छ| यस्तो कुरा बाट हेर्ने हो भने हाम्रोमा जस्तो पनि काम गर्न सकिन्छ लगानीको हिसाबले पनि थोरै, काम गर्न पनि सजिलो धेरै competition गर्नु नपर्ने जब निर्माण गरेको बस्तु धेरै मजबुत हुन्छ बजारमा competition गर्न सक्ने हुन्छ त्यस बेला हामी संग बिस्व बजार त छदै छ तर Testing phase मा यस्तो सानो उपयुक्त बजार पाउनु भनेको धेरै राम्रो कुरा हो| अघिल्लो ब्लगमा मैले दक्षिण कोरियाको Kakao को उदाहरण लिएको थिए जुन सुरु-सुरुमा केहि थिएन, साधारण टेक्स्ट म्यासेजमात्रै पथाउन मिल्थ्यो तर कोरियन भाषामा भएको र कोरियन नागरिकले कोरियन जस्तो सुकै प्रडक्ट निकाले पनि एक पटक प्रयोग गर्ने भएकोले चाडैनै सम्पूर्णले प्रयोग गर्न पुग्यो, त्यसपछि काकाओको गुणस्तरपनि धेरै राम्रो हुदै गयो अहिले हेर्ने हो भने ककाओले हात नहालेको क्षेत्र के चाही छ र जस्तो लाग्छ|
त्यसैले हामीले कुनै पनि कुरालाइ competition गर्न सक्दैनौ, त्यस्तो बजार छैन भनेर बस्नु हुन्न हामी संग भएको न्युनतम स्रोत र साधनलाइ उपयोग गरेर काम गर्न सकियो भने यसले धेरै नै उपलाब्धि पाउन सकिन्छ




No comments:

Post a Comment