Sunday, March 15, 2015

के यो सम्भब छ ? हाम्रो नयाँ नेपालमा ....यसले पनि नयाँ शक्तिलाइ केहि गर्थ्यो कि?

अहिले सम्म हामी सरकारलाइ मात्रै दोष दिन्छौ, कुनै निकायलाइ मात्रै दोष दिन्छौ यो भएन त्यो भएन भनेर... यसले यति भ्रस्टाचार गर्यो त्यसले त्यति भ्रस्टाचार गर्यो, यहाको काम यस्तो भयो त्यस्तो भयो भनेर... तर हामीले अहिले सम्म जनताको माध्यमबाट औला तेर्साएर यो यहाँ गल्ति भयो भनेर सरकार, वा त्यस्ता निकाय, कुनै समुह (जसले यसको बिरुद्ध काम गर्ने गर्छन्) हरुलाई प्रमाण सहित दिन सकेका छैनौ! के नेपालमा त्यस्ता कुनै अभियानकर्ता पनि छन् जसले यी कामहरु जस्ताको तस्तै भए पनि उतार्न सकुन?
म सबैलाई सोध्छु के तपाईहरु यी तल उल्लेखित केहि कुराहरु हाम्रो लागि, नेपालीको लागि सम्बृद्ध समाजको लागि गर्न फुर्सद निकाल्न सक्नुहुन्छ? जुन काम गर्दा तपाइलाई त फाइदा हुन्छ नै यी र समग्रमा हामी सबैलाई पनि फाइदा हुन्छ
भ्रस्टाचारको लागि
http://www.ipaidabribe.com/
http://ipaidabribe.or.ke/

सडक मर्मत गर्नको लागि
https://www.fixmystreet.com/
www.fixmystreetsnola.com/
https://www.mysociety.org/projects/

यस्तै यस्तै...जसलाई हामीले विभिन्न क्षेत्रमा प्रयोग गर्न सक्छौ जस्तै,
१. अहिले समाजमा भएका महिला हिंसाको लागि फोटो उक्त पोर्टलमा अपलोडगर्ने, जनचेतनाको लागि यसबाट धेरै धेरै काम गर्न सकिन्छ
२. स्वास्थ क्षेत्रको लागि अस्पतालको विवरण, उनीहरुको बेड संख्या ( real time), डाक्टरको उपलब्धता, देखि यावत कुराहरु  राख्न सकिन्छ
३. तस्करी, अपराधहरुलाई एकत्रित गरेर राख्न सके नाम फोटो तथा अन्य सूचनाहरुलाई  एउतै ठाउमा राखे देखि अपराधीहरु पनि निरुत्साहित हुने, समाजले सजिलै अपराधी पहिचान गर्न सक्ने, प्रहरीलाई पनि सजिलो हुने..... कुनै अपराध हुने बित्तिकै एकै पटक अपराधीको सूचना सबै तिर पुर्युना सजिलो होला जस्तले अपराधी उम्कन पाउदैन भने अपराधिक मानसिकता भएका हरु पनि निरुत्साहित होलान
४. कुन कर्यलायमा कस्तो खालको सेवा पाइन्छ, कुन कर्मचारीले राम्रो काम गर्यो, कहाँ कति छिटो छरितो सेवा पाइन्छ, कुन कर्मचारी, डाक्टर, इन्जिनियर आफ्नो कार्यालय भन्दा अर्को ठाउँमा पनि गएर काम गर्छ ...जस्ता धेरै सूचना हरु राख्न सके हामीले Responsible, Accountable समाज बनाउन सक्थ्यौ कि?
५. काठमाडौँमा सधै जस्तो फोहोर-फोहोर...को कथा सुनिने गरेको छ त्यसलाई हामीले ब्यबस्थिक गर्न सक्छौ सरकारी संयन्त्र देखि लिएर निजि क्षेत्रलाइ पनि ब्यबस्थापनको लागि सहभागी गराउन सक्छौ जसबाट निजि क्षेत्र सहित सबै लाभान्वित हुने छौ,
६.

अरु चाही बिस्तारै थप्दै जाउला....यदि तपाईलाई पनि केहि मनमा लागेको छ भने थप्नुहोस
...............


No comments:

Post a Comment