Tuesday, March 10, 2015

उत्तरदायी नेपाली समाजको परिकल्पना कहिले सम्भब छ?

बिदेशिएका जो कोहिलाइ पनि नेपाल कहिले फर्किन्छौ? भनेर सोध्यो भने एकथरीले सहज उत्तर दिन्छन् “नेपालमा गएर के गर्ने र? जता ततै ढिला-सुस्ती, भ्रस्टाचार, धुलो छारो, अभाबै-अभाबमा म र मेरो परिवारको भबिस्य अन्धकारमा पार्न चाहन्न त्यसैले यी सबै समस्या समाधान भए पछि मात्रै होला” अर्काथरि भनेको केहि गमेर “अब यहाँ केहि सिकियो नेपाल फर्केर आफ्नो ठाउँ आफै बनाउनको लागि पर्छु तर दिन चाही कैले हो भन्ने ठेगान छैन हेरौ!” भन्दै उत्तर दिन्छन| यी दुइ कुरा त बिदेशमा बसेर नेपालको लागि सोच्ने नेपालीहरुका हुन्|

नेपालमै बस्नेहरुलाइ सोध्यो भने एक थरिले विरक्तिभाब देखाउदै उही कुरा दोर्यौछन् र विदेश जाने कमाउने र फर्केर केहि गर्ने भन्छन अनि अर्काथरीलाई सोध्यो भने यहाँ पनि केहि हुदै छ यहि बसेर केहि गर्छु जता गए पनि आफ्नो पसिना नबगाई हुन्न बरु यहि केहि गर्यो भने भबिस्यको जग आफै बस्दै जान्छ|

जस-जसलाई सोधे पनि चुरो कुरा त्यहि हो हामीकहाँ केहि हुदै पनि छ, केहि गर्न बाँकि छ र केहि गर्नको लागि सोचिएको नै छैन| यी सबैलाई एकै चौतारीमा ल्याउनको लागि अब आउने “पिढी”, “शक्ति”, “जनशक्ति”ले ध्यान दिनु पर्छ? यो नै अहिलेको नयाँ शक्तिको बहसको बिषय हुन जरुरि छ मतलब उत्तरदायी समाजको परिकल्पना नै नयाँ शक्तिको परिकल्पना हो भनेर बुझ्दा अतियुक्ति नहोला|
  1.  राज्यसंयन्त्रलाइ कसरि जनता प्रति उत्तरदायी बनाउनको लागि जनताले नै त्यसलाई नेतृत्व गर्ने?
  2. राज्यले आफ्ना जनतालाई प्रदान गर्ने सेवालाइ कसरि ब्यबसायिक सेवा प्रदान गर्ने?
  3.  अब्यबस्थित ब्यबसयिकरणलाइ सर्बसाधारण तथा राज्यले कसरि उत्तरदायी बनेर उनीहरु स्वयम पनि उत्तरदायी हुदै सेवा प्रदान गर्ने?
  4. .....


No comments:

Post a Comment