वाई.सी.एलको भ्रस्टचारी, कालाबजारीहरुलाई स-शक्त खोजेर कारबाही गर्ने
कुरा अहिले केहि मावोबादीप्रति सहानुभूति राख्ने तथा ढिलासुस्ती, भ्रस्टाचार आदि
इत्यादीबाट आहत भएका नेपालीहरुलाई केहि हदसम्म राहत हुने हो कि भन्ने देखिन्छ| यो
आज मात्रै नभएको होइनन् हिजो पनि सस्तो लोकप्रियताको लागि कांग्रेशलगायत लगभग सबैले
केहि न केहि रूपमा गरेको अनुभब हामी सबैलाई छ| यस्तो सस्तो लोकप्रियताको लागि
गरिएकाहरु हीजो कत्तिका सफल भए र आज त्यसको निरन्तरता? हुन त सफल नभए पनि राम्रो
कामको लागि पटक पटक स्वरूप नफेरी वा फेरेर गर्न सकिन्छ तर हीजो यस्तै यस्तै
कार्यक्रम गर्दा जनताले केहि राहत भन्दा पनि उल्टै पार्टीपंतिले नै ठुलो राहत
पाएको छ सायद आज निस्केका नवधनाड्य देखि लिएर स्विस बैंकमा भएको भनिएको सबै यसैको
परिणतिहरु हुन्| जे भए पनि मेरो विचारमा के हो वास्तविक भ्रस्टाचार, के हो
वास्तविक ढिलासुस्ती, अनि अन्य अन्य कुराहरु?
व्यक्तिगत, सामुहिक तथा नेतृत्वगत आचरणहरु:
१)
व्यक्तिगत आचरण- यदि जुन सुकै ब्यबसाय, सेवा, अथवा
कुनै न कुनै जिबिको पार्जन गर्ने पेशाले आफुले नै उत्पादन गरेर आफैले खपत गरेको
कहिँ उदाहरण छैन| एकले उत्पादन गर्छ अर्कोले त्यसलाई उपभोग गर्छ यदि उक्त उत्पादक,
सेवा प्रदायक, वा उत्पादक देखि उपभोक्ता बीचका जति सुकै माध्यमले पनि आफ्नो
आचरणलाइ परिबर्तन गरि ना-जायज फाइदा (अरुलाई कुनै न कुनै रुपमा बेफाइदा हुन्छ) लिन
खोज्छ भने त्यो उसको भ्रस्ट-आचार हो अर्थात उसको त्यहाँ नैतिकता गुम्यो|
२)
समुहगत आचरण- एक समूहले अर्को समूहलाइ निषेधित
गर्नको लागि आफ्नो गलत नियत प्रयोग गर्नु पनि भ्रस्ट-आचार हो
३)
नेतृत्वगत आचरण- व्यक्तिगत, समुहगत आचरणलाइ दुषित
बनाउन उत्प्रेरित गर्ने नेतृत्वलाइ नेतृत्वगत भ्रस्टाचार होइन र?
सबैजस्तो राजनैतिक पार्टीका कार्यकर्ताहरु माउ पार्टीले आव्हान गरेको
आन्दोलन भनौ या बन्द हड्ताल सफल पार्नको लागि भोक-तिर्खा-निद्रा देखि आफ्नो सबै
काम छोडेर जाने गर्छन| जसले उसको माउ पार्टीलाइ त केहि फाइदा नै होला तर उक्त
पार्टीप्रति सम्बन्ध नभएको वा भनौ अन्य सर्बसाधारण जनतालाई सास्ती नै हुन्छ| त्यो
भन्दा पनि बढी “गरेर खाने”हरुलाई एक छाक कसरि टार्ने भन्ने अत्याहसले बन्दको नाम
सुन्ने बित्तिकै देखि पिरोल्न थाल्छ| यो चाही तपाइले गरेको “भ्रस्ट-आचार” हो कि
होइन? तपाइको आफ्नो स्वार्थको लागि अन्य निमुखाहरुको गाँस बास कपास खोस्ने अधिकार कसले
दियो? मेरो बुझाइमा राजनैतिक पार्टी भनेको (राज्य व्यवस्था सुध्रिड गर्नको लागि त्यसको
“थिंक ट्यांक” हो) यदि यसैले नै विभिन्न बहानामा आफ्ना कार्यकर्ताहरुलाई राज्य
व्यवस्था तहस नहस बनाउनको लागि उत्साहित गर्छ भने यी सबैमा कसको कति भ्रस्ट-आचरण
छ?
भ्रस्टचार भनेको ढिला-सुस्ती भनेको सरकारी सेवा वा कुनै मुर्त बिकाश
निर्माणको काममा मात्रै हुदैन, यो कुनै न कुनै अवान्छित फाइदा लिनको लागि गरिएका
प्रपन्चहरु हुन्| जस्तै उदाहरणको लागि मानौ कुनै सरकारी कर्मचारीको तलब २५००० छ र
उसले त्यो भन्दा बढी कुनै हालतमा कमाउन सक्दैन कमायो भने पनि महिनामा ५-१०००० बढी
केहि अन्य ब्यबसाय वा केहि गरेर कमाउला अनि उसको मासिक खर्च कमाइ भन्दा बढी, जोडिए
सम्पति कमाएको भन्दा बढी देखिन आउछ भने त्यसलाई हामी सिधा भाषामा भ्रस्टचार भन्ने
गर्छौ| तर कम्रेड तपाइँहरु हो खुल्लामंच आउनु भयो हुंकार गर्नु भयो अनि लगभग सधै
जस्तो यस्तै यस्तै गरेर बस्नु हुन्छ अनि तपाइको रहन-सहन ज्याय-जेथा पहिलेको भन्दा
केहि भिन्न हुदै गएको छ भने भन्नुहोस तपाइले चाही के गर्नु भयो? यदि तपाइले कुनै
बन्द-ब्यापार गर्ने भए ब्यापारीलाइ एकमिनेटको एक दिनको महत्व कति हुन्छ त्यो भनेर
भन्नु पर्दैन| जागिरे भएको भए तपाइको यस्ता क्रियाकलापबाट सेवाग्राहीमा पार्न गएको
ढिला सुस्तीलाइ के भन्नु हुन्छ?
सङ ठुला योजनामा गरिएका बार्गेनिंगहरुमा कम्रेडहरु पनि चोखो त कतै
हुनुहुन्न होला, जुन विभिन्न पत्र पत्रिकाले बेला-बेलामा अन्य सहित तपाइँ(व्यक्ति)
तपाईहरुको पार्टी(समुह) र नेतृत्वको नाम जोडेकै छन्, त्यसलाई पहिले पखालेर अन्यलाइ
सुरु गर्ने कि? किनकि गाउ सफा गर्ने अभियानमा निस्कदा आफ्नो घर चाही सुँगुरको खोर
जस्तो राखेर हुंकार दिन मिल्दैन हजुर|
दिल्लीमा भ्रस्टाचार बिरोधिले सबैलाई कुचो लगायो भनेर सुरु गर्नेहरुले
सानो नै ऐनामा भए पनि आफ्नो अनुहार हेरेर निस्किए उत्तम हुने थियो, नत्र फेरी कुचो
लगाउने निहुमा पहिलेको जस्तै फेरी झन् गाउभर फोहोर गर्न के बेर|
No comments:
Post a Comment