Showing posts with label Development. Show all posts
Showing posts with label Development. Show all posts

Friday, May 8, 2015

राजनैतिक दाउपेच भन्दा दिर्घकालिन समस्याको समाधान तिर लागौ

ढिलै भए पनि सरकारले भूकम्प पिडितलाइ राहतको प्याकेज ल्याएको छ अरु जे जे भए पनि देखिने गरि केहि न केहि ल्याएको छ| यो अहिले मात्रै होइन पहिले पनि ल्याएको थियो जस्तै सेना-समायोजनको नाममा पनि अरबौ रकम बाड्यो त्यो पनि राहतको नाममा नै बाडिएको थियो स्व-रोजगारको नाममा पनि अरबौ बाडेको थियो र अहिले पनि खरबौ बाड्ने योजना ल्याएको छ| ध्यान्याबाद नेता-गणहरुलाई केहि न केहि त गर्नु भयो| 

भूकम्प अघि र भूकम्प पछिको नेपाललाइ हेर्ने हो भने आकाश-पाताल फरक भएको छ| प्रतक्ष रूपले पिडित हुनेको कुरा गरेर साध्य नै छैन उनीहरुको पीडालाइ अहिले कुनै पनि क्षणिक राहत प्याकेजले दिर्घकालिन सम्बोधन गर्न सक्दैन| यो दिन लागिएको प्याकेज तत्कालिन केहि राहत होस् भनेर दिएको हो भन्ने मेरो बुझाई छ तर सरकार तथा सम्पूर्ण सम्बृद्ध नेपालको परिकल्पना गर्नेहरुले के बुझ्नु जरुरि छ भने यो प्याकेजलाइ दिर्घकालिन रुपमा कसरि अगाडी लैजान सकिन्छ भनेर योजनाबद्धरुपमा काम गर्नु नै नयाँ नेपालको परिकल्पनाको खाका हुन सक्छ|

मैले देखेको केहि समस्याहरू राख्न चाहन्छु
१) हिजो बैंकहरुले घरजग्गामा दिल खोलेर लगानी गरे तर उनीहरुले लगानी गर्दा अपनाउनु पर्ने आधारभूत कुराहरुलाई ध्यान दिएनन् र त्यस बेला बनेका भब्य अपार्टमेन्टहरुमा गरिएको लगानी बालुवामा पनि खन्याएजस्तो भएको छ, लगानी गर्नेले त केहि हद सम्म उठायो पनि होला तर ती अपार्टमेन्ट किन्नेहरुलाइ राहत अब कसले दिने? अपार्टमेन्ट बनाउनको लागि आबश्यक आचारसंहिता (Quality Standard) लगाउनको लागि जिम्मेवार को थियो? शहरी बिकाश, भवन बनाउन अनुमति दिने निकाय वा ठेकेदार वा बैंक वा लगानी गर्ने व्यक्ति वा अपार्टमेन्ट किन्ने व्यक्ति?
२) अब बसालिने बस्तिलाइ पहिलेको जस्तै छरपस्ट छरिएर रहेको गाउ बनाउने वा ब्यबस्थि बसोबास गर्नको लागि कुनै उपयुक्त स्थानको अध्यन गरि आधुनिक शहर/बस्ति जसमा सबै सुबिधा पुर्याउन सजिलो बनाएर बनाउने? पहिले देखि नै जस्तो गरि गाउमा बस्दै आएका थियौ त्यस्तै बनाउंदा भोलि स्वास्थ्य, शिक्षा, खानेपानी, जस्ता यावत आधारभूत सुबिधाहरु कसरि पुर्युना सकिन्छ? अनि फेरी अपार्टमेन्टको व्यापार जस्तै गरि भबन बन्ने त होइन भन्नेमा सरोकारवालाहरु  कत्तिको चिन्तित हुनुहुन्छ?
३) हो अहिलेको प्राथमिक आबश्यकता भनेको बस्ने स्थान नै हो यसमा दुइमत छैन तर भूकम्पमा आफ्नो बस्ने ठाउ ढलेजस्तै गरि भोलि खाने, लगाउने र केहि जोहो गरेर राखेको सम्पति पनि गएको अवस्थामा घरबनाउन दिएको पैसा सबै घरमा खर्च भयो वा अन्य अर्थोपार्जनभन्दा अन्य काममा खर्च भएर सकियो भने आजको पिडित र भोलिको पिडितमा केहि फरक पर्ने वाला छैन जुन हिजो सेना-समायोजनको नाममा दिएको राहत प्याकेजको हालत भएको थियो| घरबनाउनको लागि पैसा दिएर मात्रै समस्या समाधान हुने छैन किन कि एक जनाको वा एक गाउ मात्रै होइन बनाउनु पर्ने लाखौ घर बनाउनु पर्ने हुन्छ त्यत्रो घर बनाउनको लागि चाहिने जनशक्ति छोटो समयमा कसरि जुटाउन सकिन्छ? कि हामीले पहिले मलेसिया-खाडी तिर घर बनाउन युवा पठाएको थियौ अब मलेसिया-र खाडीका नागरिकलाइ बोलाउने अनि समान पनि त्यति बाट ल्याउने?  खण्डहरबाट पिडितलाइ बाहिर ल्याउन नपाउअदै इटाको भाउ आकासिसकेको छ हामी संग भएको उत्पादन क्षमता त्यहि हो कि फेरी अन्तरास्ट्रिय समुदायलाइ हाम्रोमा मनसुन आयो उद्दारमा सहयोग गर भनेर आह्वान गर्ने?
४) अहिलेको समस्या भनेको एक जनाको होइन धेरैको हो त्यसैले एकीकृत बसाईलाइ प्राथमिकता दिनु र स्वरोजगार, र औधोगिक क्षेत्रमा लगानी गरि दिर्घकालिन समस्याको समाधान गर्नु नै उपयुक्त हुन्छ, उपयुक्त स्थानको अध्यन गरेर एकीकृत बसाईको अबधाराना गर्ने हो भने त्यसले सिर्जना गर्ने अवसरहरुले समग्र देशको बिकाशमा धेरै ठुलो टेवा पुग्ने छ|
५) अहिलेको भूकम्पले घरमात्रै ढलेको छैन सबै पहाडी क्षेत्रहरु छिया-छिया भएका छन् जुन कुनै पनि बेला अकल्पनीय क्षतिको सम्भावना पनि बोकेर बसेको छ| हामीले गोरखा, सिन्धुपाल्चोक लगायत धेरै ठाउमा जमिन एकमिटर भन्दा बढी च्यातिएको देखेका छौ भोलि त्यहाँ पानी पर्यो भने एक वर्ष त अडला तर त्यसको समाधान र उद्दार गर्ने हैसियत हामी संग छैन किन कि सिन्धुपाल्चोकको जुरे त्यसैको एक उदाहरण हो यसलाई खेलासी नगरौ|
६) अहिले हामीले के राजनैतिकदलले यसलाई आगामी राजनीतिमा आफ्नो ठुलो भबिस्य देखेर काम नगरौ दिर्घकालिन सोच-विचार, छलफल गरेर सबै निर्क्यौल गर्नु पर्छ नत्र बेला बेलामा आए जस्तो हैटी-इन्डोनेसियाको समस्या र त्यसको समाधान गर्नको लागि गरिएको लापरबाहीले गरेको अस्त-व्यस्त हाम्रोमा पनि आउदैन भन्न सकिन्न| 
यदि अहिले हामी संग भएका पुराना समस्या तथा भूकम्पबाट सिर्जित नयाँ समस्यालाइ एकै पटक समाधान गर्नपट्टि लागिएन भने एक-पटक पत्रु भैसकेको नेपाली राजनीतिले कहिले पनि माथि आउन नसक्ने गरि भासिने छ र नयाँ द्वन्दको सिर्जना नहोला भन्न सकिन्न| यो विसम परिस्थितिमा दुरदर्शी भएर समस्याको समाधान गर्न पट्टि लागिएन भने हामी सबै समस्याको समाधान नभए पनि नब सामन्ति र राजनीतिको दाउपेचमा नेपालीलाइ सधै अन्धकारमा राख्ने हजारौ मुसाबाट शासितहुनु भन्दा एक शिंह गुहार्न नपरोश र  त्यसको बिपक्षमा उभिनेहरुलाइ गल्लि गल्लिमा अहिले जसरि नेपालीहरुको नेताहरुको अदुरदर्शीको कारणले धेरै क्षति व्यहोर्नु परेको छ त्यसको पीडा त्यता तिर लगेर पोख्न बाध्य नबनाईबक्स्योस!

Friday, May 1, 2015

कस्तो बेलामा लेख्न पुगेछु "हामी केहि गर्न सक्छौ?" भन्ने शिर्षकमा ब्लग

कहिले काही मनमा लागेका केहि कुराहरु लेख्न मन लाग्छ र लेख्न प्रयास गर्छु धेरै त असफल हुन्छु र ती राम्रा, नराम्रा, वा सफल हुने असफल हुने सबै कुरा-विचारहरु लेख्न नपाउदै तुहिन्छन| धेरै जोस जाँगर जुटाएर जाजरकोटको समस्यालाइ हामीले कसरि कुनै घटना हुनु भन्दा अगाडी नै सजग रहने र भैसके पछि कसरि यसको समाधान गर्ने विषय मा "हामी केहि गर्न सक्छौ" मा लेख्न् खोजे धेरै अल्छि लागेको थियो तै पनि जसो तसो लेखे खासै राम्रो त छैन तै पनि यस्ता चुनौतीलाइ हामीले कसरि अवसरको रुपमा लिन सकिन्छ भनेर बैसाख १२ गते नेपाली समय अनुसार बिहान १०-११ बजे तिर लेखेको थिए, यो लेख प्रबिधि क्षेत्रमा लागेका र बिशेषगरि कसरि डाटालाइ अथवा कुनै स्थानको तथ्यांकलाइ व्यापारमा प्रयोग गर्न सकिन्छ भन्ने थियो र अर्को कुरा हामी सबैले भ्रस्टाचार, ढिलासुस्ती जस्ता समस्याहरु झेलीराखेको थियौ त्यति मात्रै होइन बेला बेलामा हुने दैबी प्रकोप, महामारीहरुले मलाई पहिले देखि नै घोचिरखेको थियो र त्यसलाई समाधान गर्न को लागि केहि साथीहरुलाई झकझाक्याउनको लागि लेखेको थिए... यो ब्लगले दिन खोजेको सार-भुत कुराहरु सबै क्षेत्रमा बिकसित हुदै जाने हो भने हामी जस्तो सुकै समस्यामा पनि जुध्न सक्ने छौ| तर मलाई अहिले आफैलाई नराम्रो अनुभूति भएको छ यदि यो कुरा हामीले पहिले नै सुरु गर्न पाएको भए, वा यस्तो संयन्त्र हामीले पहिले नै बनाउन पाएको भए? हुन त कुनै पनि दैबी प्रकोपलाइ प्रबिधि वा कुनै संयन्त्रले नियन्त्रण गर्न सक्दैन तर यसको क्षति भने अबस्य पनि कम गर्न सकिन्छ|

मलाइ एउटा कुरा सधै मेरो दिमागमा खेली राख्ने चाही बिकसित देशमा जस्तो सुकै Idea लाइ पनि बिजिनेस मोडेलमा ल्याउनको लागि लगानी जुट्छ तर हाम्रो देशमा किन जुट्दैन? के हो यसको समस्या? के नेपाली संग पैसा नभएको नै हो त? यदि छ भने तिनीहरुले कहारखेको छन्? अब यो बिषयमा खोज्नु पर्ने जरुरि भएको छ| किन भने हामीले नया नया राम्रा राम्रा काम गर्छौ तर त्यसको पहिलो prototype निकाल्दा सबै राष्ट्रिय दैनिकहरुमा वाह वाह आउने गर्छ तर त्यसपछि कैले पनि नदेखिने गरि हराउछ, अनि बिचरा त्यो बिकाश गर्ने निर्माण गर्ने व्यक्ति चाही निरिह भनेर पासपोर्ट बनाइ विदेश तिर हानिनु पर्ने हुन्छ| हाम्रोमा कुनै पनि काम गर्न त्यस्तो धेरै गारो छैन जस्तै महिनाको ३०-३५ हजार भयो भने राम्रो इन्जिनियर पाइन्छ जुन अमेरिकामा सोहि काम गर्ने उत्तिनै अनुभब भएको व्यक्तिलाइ महिनाको ५-६ लाख तिर्नु पर्ने हुन्छ| यस्तो कुरा बाट हेर्ने हो भने हाम्रोमा जस्तो पनि काम गर्न सकिन्छ लगानीको हिसाबले पनि थोरै, काम गर्न पनि सजिलो धेरै competition गर्नु नपर्ने जब निर्माण गरेको बस्तु धेरै मजबुत हुन्छ बजारमा competition गर्न सक्ने हुन्छ त्यस बेला हामी संग बिस्व बजार त छदै छ तर Testing phase मा यस्तो सानो उपयुक्त बजार पाउनु भनेको धेरै राम्रो कुरा हो| अघिल्लो ब्लगमा मैले दक्षिण कोरियाको Kakao को उदाहरण लिएको थिए जुन सुरु-सुरुमा केहि थिएन, साधारण टेक्स्ट म्यासेजमात्रै पथाउन मिल्थ्यो तर कोरियन भाषामा भएको र कोरियन नागरिकले कोरियन जस्तो सुकै प्रडक्ट निकाले पनि एक पटक प्रयोग गर्ने भएकोले चाडैनै सम्पूर्णले प्रयोग गर्न पुग्यो, त्यसपछि काकाओको गुणस्तरपनि धेरै राम्रो हुदै गयो अहिले हेर्ने हो भने ककाओले हात नहालेको क्षेत्र के चाही छ र जस्तो लाग्छ|
त्यसैले हामीले कुनै पनि कुरालाइ competition गर्न सक्दैनौ, त्यस्तो बजार छैन भनेर बस्नु हुन्न हामी संग भएको न्युनतम स्रोत र साधनलाइ उपयोग गरेर काम गर्न सकियो भने यसले धेरै नै उपलाब्धि पाउन सकिन्छ




Saturday, April 25, 2015

हामी केहि गर्न सक्छौ?

अहिले सबै तिर एक खालको माहोल छ त्यो हामी सबै प्रबिधिमा लागेको युवालाइ थाह हुनु पर्छ, सबै क्षेत्रका बौद्धिक वर्ग यसदेखि चिन्तित पनि हुनुहुन्छ| म यहाँ केहि सम्भावनाहरुको बारेमा मैले देखेको प्रबिधिको क्षेत्रबाट गर्न सकिने कुरा राख्छु, यदि तपाई संग सिप छ पैसा छ, र आँट छ भने हामी सुरु गरौ

नेपालमा केहि अभियानहरु संचालनमा छन् ती अभियानहरुलाई एकत्रित गरौ र नयाँ सम्भावनाहरु उजागर गरौ जसले गर्दा हाम्रो योग्य जनशक्तिहरुलाई केहि हद सम्म रोजगारी बनाउन सकिन्छ र जाजरकोट महामारी जस्ता समस्याहरुलाई हामी हाम्रो अभियानबाट Address गर्न सक्छौ
१) प्रत्येक जिल्ला, गाबिस तथा क्षेत्रमा भएका संरचना, त्यसमा भएका घटनाहरुलाइ एक ठाउमा ल्याऊने 
 १.१) हाम्रो जिल्ला, गाउ तथा नगरमा भएका अस्पताल, स्कूल, अथवा सार्बजनिक सेवामा संलग्न सस्थाहरु वा संरचनाहरुको लगत राख्ने: जस्तै स्वास्थ, शिक्षा जस्ता यावत क्षेत्रसंग सम्बन्धित सस्थाहरु चाहे सरकारी, अर्ध-सरकारी वा निजि जे सुकै होस् तिनीहरुले दिने सेवा, सुबिधा, कर्मचारी संख्या, कर्मचारीहरुको लगत राखौ, जसमा यदि हामी सर्बसाधारण उत्तरदायी हुने हो भने कुन कर्मचारी कतिबेला बिदामा बसेको छ कैले फर्किने हो उसको दैनिकी कसरि बित्दै छ, त्यहाँ कस्तो जनशक्ति आबस्यकता छ कस्तो हुनुपर्थ्यो ती सबै कुराहरु लगत राखियो भने त्यसलाई उत्तरदायी निकाय (अनुगमन गर्ने निकाय) सम्म पुर्याई उक्त सस्थाको कम कारबाही चुस्त दुरुस्त राख्न सकिन्छ| उदाहरणको लागि जाजरकोट जस्ता दुर्गम क्षेत्रमा अस्पताल, स्कूलमा कर्मचारी नबस्ने गुनासाहरु पुराना हुन् ती सूचना चाडै उत्तरदायी निकायमा पुर्युना सकिन्छ र आबश्यकता अनुसार कारबाही गर्न सकिन्छ| यति मात्रै होइन ती सस्थाहरुमा हुने भ्रस्टाचार, झोलामा स्कूल राखी ठग्ने कार्य, देखि लिएर ब्यबसायको नाममा गरिने लुटतन्त्र सम्मको अन्त्यको परिकल्पना गर्न सकिन्छ|
१.२) के यस्ता कार्य गर्नको लागि खर्च कसरि जुटाउन सकिन्छ? भन्ने प्रस्न टड्कारो आउन सक्छ| शुरुमा त कसै न कसैले यसलाई लगानी गर्नु पर्ने हुन सक्छ मलाई लाग्छ राम्रो Application बनाउनको लागि लगभग ३-५ लाख रुपैया चाहिने हुन्छ बिज्ञापन सहितको लागि तर त्यो लगानी चाडै उठ्छ यसको राम्रो Business value हुन्छ, उदाहरणको लागि यसले एपले जम्मा गरेको सूचनाले समाजमा ठुलो परिबर्तन ल्याउन सक्षम हुन्छ (सायद तपाईले कसरि पैसा कमाउने थाह पाइसक्नु भयो होला), सहि सूचना दिने उत्तरदायी भएर सूचना दिने व्यक्तिलाइ तपाइले केहि रकम पनि दिन सक्नु हुन्छ जसले गर्दा तपाइले केहि व्यक्तिको खाली समयको उपयोग गरि केहि हद सम्म रोजगारीपनि दिनु भयो, अर्को कुरा समाजक हरेक सूचनाहरु तपाई संग भए पछि आफ्नो भाबी व्यापार-योजना कसरि गर्ने (अबको युग तपाई मान्नुहोस या नमान्नुहोस, सूचना प्रविधिको युग हो, २-४ वर्षा ढिलो होला तर तपाई संग यदि सहि र उपयुक्त सूचना छ भने भोलि त्यसको मूल्य ठुलै हुन्छ), सहि सूचना लिनको लागि स्मार्ट फोन प्रयोग गर्न सकिन्छ, र त्यसमा जी.पी.एस., ID, लगायतका कुराहरु पनि यसमा प्रयोग गर्न सकिन्छ|  यस अभियानलाइ Open Data अभियानको रुपमा लैजान सकिन्छ, तथ्यांक बिभाग, देखि विभिन्न सरकारी गैरसरकारी निजि डाटालाइ आधार मानेर नयाँ एप बनाउन सकिन्छ जुन एप बाट पनि तपाइले बिज्ञापन देखि धेरै तरिकाबाट आफ्नो ब्यबसाय अगाडी बढाउन सक्नुहुन्छ | 
१.३) उत्तरदायी समाजको परिकल्पना: यस्तो अभियान संचालन गरिएको खण्डमा भ्रस्टचारी, अनुत्तरदायीहरु आफ्नो गलत बाटो त्याग्न बाध्य हुन्छन जसले गर्दा को को यस्ता गलत कार्यमा लागेका छन् भन्ने कुरा चुनाब हुदा होस् या अन्य केहि काम गर्दा होस् सबै कुरा यसमा आउने हुन्छ| 
१.४) अवसरको खोजि: कुन ठाउँमा के को अवसर छ कुन ठाउँमा के को अभाब छ के को खाचो छ भन्ने कुरा सजिलै थाह पाउन सकिन्छ जसले गर्दा शहर-केन्द्रित नभई हामीलाई अवसर केन्द्रित बनाउन मद्दत गर्छ उदाहर्णको लागि काठमाडौँमा जागिरको लागि भौतारिनेको संख्या पनि धेरै छ र कुनै यस्ता ठाउहरु पनि छन् जहाँ योग्य व्यक्ति नपाएर कैयौ पटक बिज्ञापन गरि अन्तमा नपाएर अयोग्य व्यक्तिले चित्त बुझाउनु पर्ने अवस्था पनि छ| 
१.५) एकताको संदेश: हामी सबै मिलेर आफ्नो ठाउमा के भैराखेको छ यसको कसरि समाधान गर्न सम्भब छ अर्को ठाउँमा के हुदै छ भन्ने कुराहरु सजिलै पहिचान गर्न मद्दत गर्छ, जसले गर्दा योग्य व्यक्तिले सल्लाह दिने देखि लिएर अयोग्य व्यक्तिले योग्य बन्ने अवसरको पनि सिर्जना हुन्छ उदाहरणको लागि बिराटनगरमा केहि रोजगरि खुलेको छ तर योग्य व्यक्ति भेटिएन भने पनि महेन्द्रनगरको व्यक्तिले त्यहाँको अवसरलाइ उपयोग गर्न सक्छ र रोजगार बन्न सक्छ| 
१.६) हामी संग भएको डाटा अन्यत्र जादैन: अहिले हामीले भाइबर, स्काईप, फेसबुकलाइ आफ्नो दैनिक सूचना आदानप्रदान गर्ने मद्द्यम बनाइराखेका छौ यदि हामीले धेरै प्रायोग कर्ता बटुल्न सकेको खण्डमा यसलाई दैनिक मेसेज आदानप्रदान गर्न  उपयोग गर्न सक्छौ र कसैले अवान्छित काम गर्दै छ भने तुरुन्त सम्बन्धित निकायमा खबर गर्न सक्छौ, किनकी अहिले अन्य एपबाट हुने मेसेज आदानप्रदानबाट त्यस्तो सम्भब छैन (जस्तै कसैले फेसबुकबाट कसैलाई फकाएर अन्य देशमा हाम्रा चेलीहरु बेचिरखेका छन् जुन यसको माध्यम बाट सम्भब छ जबकी फेसबुकमा यो अत्यन्त कठिन छ) यसको उपयुक्त उदाहरण भनेको कोरियाको काकाओ (Kakao) भन्ने एप हो जसले आज कोरियाको सम्पूर्ण सूचना लिएर नया नया बिजिनेस गर्ने गर्दै छ (Kakao Taxi, Kakao Shop, Kakao Job, Kakao Friend, Kakao Restaurant.....) यसले अझ भन्ने हो भने सरकारलाइ आफ्नो डाटा बेच्छ र केहि सरकारी बजेट सम्म आफ्नो विकासमा लगाउने गर्दछ, यसको माध्यमबाट आबस्यक परेको बेलामा ट्याक्सी खोज्ने, रेस्टुरेन्टबाट खान अर्डर गर्ने, शपिंग गर्ने, जब खोज्ने,..... तर यसको आधारभूत काम भनेको भाइबर वा स्काईप जस्तै हो ........
२) दक्ष जनशक्तिलाइ रोजगारी: मैले राम्रो संग यहाँ लेखिन, तर यति भने पछि तपाइले पक्कै बुझ्नु भयोहोला कसरि दक्ष जनशक्तिलाइ नयाँ रोजगारीको अवसर प्रदान गर्न सकिन्छ भन्ने, कसरि संयन्त्रलाइ उत्तरदायी बनाउने भन्ने कुरा ... त्यति मात्रै होइन यसमा प्रबिधि बिज्ञ देखि लिएर अन्यलाइ पनि रोजगारी बनाउन सकिन्छ ...के थाह भोलि तपाइँको एपनै नेपालको KAKAO, WHATSUP, VIBER... जस्तो हुने त होइन...हामीले पनि अवसर खोज्ने हो ३-५ लाख क्यास भनेको ठुलो कुरा हो तर प्रबिधीमा लागेका व्यक्ति सिप भएको व्यक्ति, उपयुक्त समुह (प्राबिधिक साथी) भएको र काम गर्ने स्रोत भएकाहरुको लागि यो केहि ठुलो कुरा होइन, पहिले नै सबै कुरा हुनुपर्छ भन्ने छैन सानो एक कुरा बाट सुरु गरेर अन्य बिस्तारै गर्न सकिन्छ, बाकी त भन्नै पर्दैन.............
३) यदि तपाइँले डाटा कलेक्ट गर्नको लागि दिनु भएको सुबिधा (पैसा इन्सेन्टिभ)लाइ क्यासमा नै दिनु पर्चा भन्ने छैन, कुनै समान खरिद गरे बापत सहुलियत पनि दिन सक्नु हुन्छ, जस्तै १००० पोइन्ट भयो भने १०० रुपिया डिस्काउन्ट वा अन्य अन्य त्यो तपाइको बिजनेस मोडेलमा भर पर्छ, अर्को क्षेत्र हेरेर बिज्ञापन दिने जस्तै धनकुटा क्षेत्रको लागि त्यहिको स्थानीय व्यापारि सस्था वा त्यहि सम्बन्धि सूचना......

के गर्ने गर्ने हो? हामी हाम्रो युग हाम्रै कार्यकालमा बनाउने हो? रोजगारीको सिर्जना गर्ने हो?

पहिले कहाँ बाट सुरु गर्ने? मलाइ लाग्छ एउटा समस्या खोजौ जसले सबै नेपालीको कान ठाडो बनाओस र सबै स्मार्ट फोन हुनेहरु इन्टरनेट जोड्नेहरुलाइ सबै फेसबुक चलाउने केहि गरौ भन्ने व्यक्तिलाइ तपाइँको अभियानमा लगाउन सक्षम हुनु भयो भने एक वर्षमा धेरै त होइन १० लाख नेपाली प्रयोगकर्ता तपाइको अभियानमा लाग्छन अनि तपाइले राम्रो अभियान (जस्तै अहिलेको परिप्रेक्षमा #सहयोग_जाजरकोट, #केहि_अभियान..... सुरु गर्नु भयो भने केहि हद सम्म सहयोग जुटाउन सकिन्छ त्यसका सहयोग अभियान हरुका केहि हाम्रो मा प्रचलित मोडेलहरु भन्नु पर्दैन जुन हामी सबैलाई थाह छ ..............)

खस्रो र अपुष्ट विचारको लागि माफ पाउ है
यो नयाँ नेपाल अभियानमा लागेका सम्पूर्णको लागि हो..... राजनैतिक-सामाजिक-आर्थिक समस्या समाधान नगरी नयाँ नेपाल बन्न सक्दैन त्यसैले .... हिहिही 

Sunday, March 15, 2015

के यो सम्भब छ ? हाम्रो नयाँ नेपालमा ....यसले पनि नयाँ शक्तिलाइ केहि गर्थ्यो कि?

अहिले सम्म हामी सरकारलाइ मात्रै दोष दिन्छौ, कुनै निकायलाइ मात्रै दोष दिन्छौ यो भएन त्यो भएन भनेर... यसले यति भ्रस्टाचार गर्यो त्यसले त्यति भ्रस्टाचार गर्यो, यहाको काम यस्तो भयो त्यस्तो भयो भनेर... तर हामीले अहिले सम्म जनताको माध्यमबाट औला तेर्साएर यो यहाँ गल्ति भयो भनेर सरकार, वा त्यस्ता निकाय, कुनै समुह (जसले यसको बिरुद्ध काम गर्ने गर्छन्) हरुलाई प्रमाण सहित दिन सकेका छैनौ! के नेपालमा त्यस्ता कुनै अभियानकर्ता पनि छन् जसले यी कामहरु जस्ताको तस्तै भए पनि उतार्न सकुन?
म सबैलाई सोध्छु के तपाईहरु यी तल उल्लेखित केहि कुराहरु हाम्रो लागि, नेपालीको लागि सम्बृद्ध समाजको लागि गर्न फुर्सद निकाल्न सक्नुहुन्छ? जुन काम गर्दा तपाइलाई त फाइदा हुन्छ नै यी र समग्रमा हामी सबैलाई पनि फाइदा हुन्छ
भ्रस्टाचारको लागि
http://www.ipaidabribe.com/
http://ipaidabribe.or.ke/

सडक मर्मत गर्नको लागि
https://www.fixmystreet.com/
www.fixmystreetsnola.com/
https://www.mysociety.org/projects/

यस्तै यस्तै...जसलाई हामीले विभिन्न क्षेत्रमा प्रयोग गर्न सक्छौ जस्तै,
१. अहिले समाजमा भएका महिला हिंसाको लागि फोटो उक्त पोर्टलमा अपलोडगर्ने, जनचेतनाको लागि यसबाट धेरै धेरै काम गर्न सकिन्छ
२. स्वास्थ क्षेत्रको लागि अस्पतालको विवरण, उनीहरुको बेड संख्या ( real time), डाक्टरको उपलब्धता, देखि यावत कुराहरु  राख्न सकिन्छ
३. तस्करी, अपराधहरुलाई एकत्रित गरेर राख्न सके नाम फोटो तथा अन्य सूचनाहरुलाई  एउतै ठाउमा राखे देखि अपराधीहरु पनि निरुत्साहित हुने, समाजले सजिलै अपराधी पहिचान गर्न सक्ने, प्रहरीलाई पनि सजिलो हुने..... कुनै अपराध हुने बित्तिकै एकै पटक अपराधीको सूचना सबै तिर पुर्युना सजिलो होला जस्तले अपराधी उम्कन पाउदैन भने अपराधिक मानसिकता भएका हरु पनि निरुत्साहित होलान
४. कुन कर्यलायमा कस्तो खालको सेवा पाइन्छ, कुन कर्मचारीले राम्रो काम गर्यो, कहाँ कति छिटो छरितो सेवा पाइन्छ, कुन कर्मचारी, डाक्टर, इन्जिनियर आफ्नो कार्यालय भन्दा अर्को ठाउँमा पनि गएर काम गर्छ ...जस्ता धेरै सूचना हरु राख्न सके हामीले Responsible, Accountable समाज बनाउन सक्थ्यौ कि?
५. काठमाडौँमा सधै जस्तो फोहोर-फोहोर...को कथा सुनिने गरेको छ त्यसलाई हामीले ब्यबस्थिक गर्न सक्छौ सरकारी संयन्त्र देखि लिएर निजि क्षेत्रलाइ पनि ब्यबस्थापनको लागि सहभागी गराउन सक्छौ जसबाट निजि क्षेत्र सहित सबै लाभान्वित हुने छौ,
६.

अरु चाही बिस्तारै थप्दै जाउला....यदि तपाईलाई पनि केहि मनमा लागेको छ भने थप्नुहोस
...............


Tuesday, March 10, 2015

उत्तरदायी नेपाली समाजको परिकल्पना कहिले सम्भब छ?

बिदेशिएका जो कोहिलाइ पनि नेपाल कहिले फर्किन्छौ? भनेर सोध्यो भने एकथरीले सहज उत्तर दिन्छन् “नेपालमा गएर के गर्ने र? जता ततै ढिला-सुस्ती, भ्रस्टाचार, धुलो छारो, अभाबै-अभाबमा म र मेरो परिवारको भबिस्य अन्धकारमा पार्न चाहन्न त्यसैले यी सबै समस्या समाधान भए पछि मात्रै होला” अर्काथरि भनेको केहि गमेर “अब यहाँ केहि सिकियो नेपाल फर्केर आफ्नो ठाउँ आफै बनाउनको लागि पर्छु तर दिन चाही कैले हो भन्ने ठेगान छैन हेरौ!” भन्दै उत्तर दिन्छन| यी दुइ कुरा त बिदेशमा बसेर नेपालको लागि सोच्ने नेपालीहरुका हुन्|

नेपालमै बस्नेहरुलाइ सोध्यो भने एक थरिले विरक्तिभाब देखाउदै उही कुरा दोर्यौछन् र विदेश जाने कमाउने र फर्केर केहि गर्ने भन्छन अनि अर्काथरीलाई सोध्यो भने यहाँ पनि केहि हुदै छ यहि बसेर केहि गर्छु जता गए पनि आफ्नो पसिना नबगाई हुन्न बरु यहि केहि गर्यो भने भबिस्यको जग आफै बस्दै जान्छ|

जस-जसलाई सोधे पनि चुरो कुरा त्यहि हो हामीकहाँ केहि हुदै पनि छ, केहि गर्न बाँकि छ र केहि गर्नको लागि सोचिएको नै छैन| यी सबैलाई एकै चौतारीमा ल्याउनको लागि अब आउने “पिढी”, “शक्ति”, “जनशक्ति”ले ध्यान दिनु पर्छ? यो नै अहिलेको नयाँ शक्तिको बहसको बिषय हुन जरुरि छ मतलब उत्तरदायी समाजको परिकल्पना नै नयाँ शक्तिको परिकल्पना हो भनेर बुझ्दा अतियुक्ति नहोला|
  1.  राज्यसंयन्त्रलाइ कसरि जनता प्रति उत्तरदायी बनाउनको लागि जनताले नै त्यसलाई नेतृत्व गर्ने?
  2. राज्यले आफ्ना जनतालाई प्रदान गर्ने सेवालाइ कसरि ब्यबसायिक सेवा प्रदान गर्ने?
  3.  अब्यबस्थित ब्यबसयिकरणलाइ सर्बसाधारण तथा राज्यले कसरि उत्तरदायी बनेर उनीहरु स्वयम पनि उत्तरदायी हुदै सेवा प्रदान गर्ने?
  4. .....


Tuesday, March 3, 2015

अब आउने नेतृत्वले यी पुराना काला-कुटसमक्ष घुडा टेक्छ कि टेक्दैन?

मैले बुझे अनुसार “नयाँ शक्ति” “नयाँ नेपाल” नाराको दोश्रो रुप हो| हिजो एकखाले मानिसहरुको झुण्ड त्यहि “नयाँ नेपाल” निर्माण गर्ने नारा-जुलुस लगाउदै भिर-पाखा कन्दरा गर्दै आज काठमाडौँको आलिशान महलमा थन्केर बसेका छन्| उक्त नयाँ नेपालका परिकल्पनाहरु शोषक सामन्तिको कुरा गर्दै आज त्यसको परिभाषा त माथिल्लो र तल्लो जात, डाँडामा बस्ने र फेदमा बस्ने नै वर्ग रहेछ भन्दै यिनै बीचको संघर्ष नै बर्ग संगर्ष हो, यसलाई बंग्याई-टिंग्याई पश्चगामी र डलरबादीहरुले अग्रगमनकारी शक्तिको वास्तविक कुरा जनतामा पुग्न दिएनन् हजुर तपाइहरुले सहयोग गरिदिनु पर्यो भन्दै गल्लि गल्लिमा भएका अन्य बहुरुपी झाले-माले शक्ति बटुलेर “म” टाउको फुटाउन-बंकरमा लुक्न तयार छु भन्दै हिडेको पनि हामी सबैले देखेको छौ|
हिजो दिल्लीमा हजारे-केजरिवाल नामक हावा चल्दा नेपालका सबै भट्टीहरुका बोतल हल्लिदै नराम्ररी ठोक्किएका थिए र मानसरोबरबाट पवित्रता प्राप्त गरि अहिले उधारो अदक्षको छत्र-छायामा वोइलाएर बसेको छ त्यो “नयाँ शक्ति”, अहिले त आपतकालीन अवस्था नै घोषणा गर्नु पर्ने गरि ठुलै आधि आएको बेला.... भट्टी मात्र होइन सबैतिर छरपस्ट हुन थालेको छ “नयाँ शक्ति”|
इन्टरनेट अहिले सारै सस्तो छ, फेरी सेवा प्रदायकको खै के प्याक खै के प्याकले मेरो दिनहरु यहि “नयाँ शक्ति”, नयाँ-कम्पनि”, “नयाँ जागिर” देखि लिएर सबै नयाँ---नयाँ खोज्दा-खोज्दै बेफुर्सदी बनाएको छ र बेलाबेलामा घरबाट ठुलै वार्निंग आउने पनि गरेको छ तर म पनि के कम यस्तो भयो भने यस्तो हुन्छ नि त भन्दै स्पस्ठीकरण दिएर अहिले सम्म जेन तेन टारेको छु तर जब मेरो “नयाँ” शब्दको रिसर्चले हावा खान्छ अनि के गर्ने हो थाह छैन| मेरो लागि यो नयाँ भन्ने हिजोको चतुर चण्डालहरु धमिलो पानीमा माछा मर्छकि भन्दै  वा यो कुवा र त्यो कुवा गर्दै धेरै कुर्लिए हामीलाइ नसोधिएको स्पस्थिकरण दिए डिलमा आएर ठुलो स्वरमा अराई-पराइ गरे तर अन्तमा यो “नयाँ” जिनिस कुरो उही त थियो नि “हाम्रोको देशमा नयाँ शक्तिको बहसकर्ताहरुको हालीमुहाली”- यसको लागि केहि भनेर भन्नु पर्दैन किन कि हाम्रो नेपाली उखान “काम नगरी मुखमा माड लाग्दैन”ले  सधैब यसको उत्तर दिइराख्ने छ |
हाम्रा केहि बाम “बुद्धि”जीबीहरु हुनुहुन्छ हिजो सम्म मावोबादी हराउँछ भनेर लख काटुन्जेल कांग्रेसको खैरो खन्थे र एमाले भन्ने जिनिसलाइ ब्रमाण्डमै उत्तम भन्नेहरु अहिले निम्छरो देख्न थालेका छन् हिजो मावोबादी महा क्रान्तिकारी-अग्रगमनकरी यो भन्दा उत्तम विकल्प अर्को आउदैन भन्नेहरु बैध छोडेर धामी-झाक्री तिर लाग्दै छन् फेरी फेरी हेर्दै जाउ कति सम्म डुक्रीदा रहेछन हुन त तिनपानेले नाछोडूनजेल न हो| शायद अहिले आएको नयाँ शक्ति पनि यिनै यिनै छनक बोकेका मध्य एक हो भन्ने मेरो बुझाई छ|
हिजोको संसदबादी दलको त कुरै नगरौ यिनीहरु भनेको ताकपरे तिवारी नत्र गोतामे भैहाले—“राजा हुँदा श्रीमान गम्भिर नहुदा सैयौ फूलका थुंगा हामी....”; राजाबादीको त झन् कुरा गरेर साध्यै छैन गाइ-र-त्रिसुल भनेर टस गर्ने अनि पछि मलाई कि त गाइ चाहियो वा गाइ भएन भने गोरु त पक्कै हुनु पर्छ भन्छन....
मैले बुझेको राजनीतिक कुरा यत्ति हो... आफु न त राजनीति-बिज्ञानको बिज्ञ परियो न भाषा बिज्ञानको नै---- राजनीतिक कुरा गर्न पनि ढंग पुग्दैन कथा लेखौ न त भन्दा हिजो नेपाली बिषयमा कैले पनि ३२-३५ भन्दा बढीको अंक देख्न पाइएन.... अब आफ्नो पेशा जे छ त्यहि गर्नु पर्यो... यो नयाँ शक्ति भन्ने जिनिसको लागि अहिले “बिबेकशिल” नेपालीले अभियान चलाएको छ जसको अभियानकर्ता “हामी भाले बने पछि ट्रकमा पैसा लिएर आउछौ” भन्ने होइन “हामीले भाले उत्पादन गरेर ट्रकमा लिएर गएर जान्छौ” भन्ने खालका छन् | अहिले छिमेकि नब धनाढ्य भएको देखिराखेको अवस्थामा त्यो कहाँ पच्थ्यो र भाटा लाठी-मुन्ग्रा बन्दुक-हत्या जस्ता आतंक गरेर तरंगित गर्ने ठाउमा भोट ल्याएर नयाँ शक्ति निर्माण गर्नु? त्यहि पनि भोटनै ल्यायो भने पनि प्रतिगामी तत्वको पगरी त छदै छ जुन लाठो मुन्ग्रो बोक्न तम्सिनेको लागि सुप्रिमोले प्रतिगामी भनिबक्सिनु भा छ ठोक्---भने पछि---कुन बेद पल्टाएर बसिन्छ र? अहिले त तलब बढेन भने हड्ताल, तोडफोड गर्नु पर्छ, बिजुली आएन भने बिद्युत ग्रिह वा प्राधिकरण तोडफोड गर्नु पर्छ, शान्ति सुरक्षा भएन भने दबाब दिन चौकीमा आगो लगाउनु पर्छ, अर्कोलाइ कुटपिट गर्नुपर्छ वा तोडफोड-बम-बिस्फोट गर्नु पर्छ भन्ने तिर पो लाग्नु पर्छ त| अर्को अभियानकर्ता यो भ्रस्टचारी हो यसलाई अहिले नै कारबाही गर्नुपर्छ भन्ने होइन डिलमा बसेर यसलाई त किरा परिजावोस भनेर सरप्छान, संबिधान त यो जुनीमा आएन परिबर्तन हाम्रै जुनीमा भनेर कुर्लिन्छ्न अनि “नयाँ शक्ति”? देश अनुसारको भेष गर्नु त कहाँ हो कहाँ अर्काको देखासिकी गरेर पनि हुन्छ? हामीले दिल्लीलाइ तुलना गरेर हुन्छ?
यी त भए मेरा विरक्तिभाब--- बस्ताबमा म एक आम नागरिक नेपाली भएर सोच्दा र मेरो शिक्षा दिक्षाको कुरा गर्दा पहिले सिकेको बर्हखरी! जसमा एक अक्षर राम्रो “म” भनेर पढेको थिए र त्यसको चित्रमा “ऐना” लाइ देखाइएको थियो अझै पनि त्यहि झलझली याद आउछ यदि मैले राम्रो “म” भने तर अहिले सम्म ऐनामा फोटो राखेर “हामी” “हामी” भनेर पढेको छैन यो कैले पढ्ने? यो कसको भनेर सोध्दा “मेरो” भनेर सिके तर “हाम्रो” कैले भन्ने हो? सबैले चमत्कारी विकास गरेको देशको नाम लिदा दक्षिण कोरियाको नाम लिने गर्छन तर त्यहाँ एउटा रमाइलो कुरा के छ भने त्यहाँ कुनै पनि कुरालाई “मेरो” भन्ने चलन छैन जस्तै त्यहाँ “हाम्रो” शब्दलाइ “ऊरी” भनिन्छ त्यसको प्रयोग कहाँ-कहाँ सम्म भएको छ भने अपरिचित संग कुरा हुदा पनि “ऊरी खाजोग” मतलब ”हाम्रो परिवार”, “ऊरी छिंगु” मतलब “हाम्रो साथी”, “ऊरी छिब-हाम्रो घर” हुदा हुदा “ऊरी आने” रे जसको अर्थ हुन्छ “हाम्रो श्रीमती” भनेर भन्ने गरिन्छ! के हाम्रो समाजमा यस्तो पनि हुन्छ? अब भन्नुस नयाँ शक्तिको लागि के आबस्यक छ? म होइन “हामी” मेरो होइन “हाम्रो” जस्ता कुराहरु बिकसित गर्नु जरुरि छ जुन दिल्लीले नेपालमा तथाकथित प्रजातन्त्र आउदा प्राप्त गरिसकेको थियो त्यसैले मेरो नेता होइन हाम्रो नेता छानेको हो| त्यसै केजरिवाल भएको होइन जसले २००६ सालमा रोमन म्यागासेसे पुरस्कारबाट सम्मानित भएको थिए त्यो पनि मेरो दिल्ली बनाउन होइन हाम्रो दिल्ली बनाउनको लागि त्यो पनि एउटा मामुली कर-अधिकृतको हैसियतबाट| जुन अभिभारा अहिले आएर सम्हाल्दै छन् जसको राजनीतिक जग २ बर्ष पहिले मात्रै अन्ना हजारेसंग मिलेर हालेका हुन् त्यतिखेरै हतारिएका होइनन् हतारिएका भए अहिले “मुरली-मकै” जस्तै उफ्रिएर कता पुगिसक्थे जुन “कथित” जन-युद्धबाट आएकाहरु धनि हुने सपनामा कैले के-कैले के भनेर पुगेका छन्|
हाम्रो बिकराल समस्या के हो? तपाइले डाक्टर र इन्जिनियरिंगको अन्तिम बर्ष पढ्दै गरेको बिद्यार्थीलाइ सोध्नुस अब को योजना के छ भनेर उसले के भन्छ? फिजिक्समा मास्टरमा, बायोटेक्नोलोजी, कम्प्युटर बिज्ञान, देखि यावत (जुन अबको दिनमा कथित “नयाँ नेपाल” बनाउन  चाहिने जनशक्ति हो) ५५% भन्दा माथि ल्याएको बिद्यार्थीलाइ सोध्नुस अबको योजना के छ भनेर? उसले भन्ने छ नयाँ नेपाल बनाउने उसको योजना के छ भनेर उसले तपाइको नयाँ शक्तिको जवाफ सजिलै दिन्छ “अब पढ्न बाहिर गइन्छ भनेर यो विरक्ति भाब कसरि?.... सबैले भन्लान आशाध्यै जान्ने थियो त्यहि भएर छात्रबृद्दी पाएको तर १६ बर्ष लगाएर राज्यले एउटाले लगानी गर्छ अनि उत्पादन दिने बेलामा अर्काले आखाँ गाढ़दैन? यी जी. आर. ई.; टोफेल, आइ.एल.टि. एस. गर्दै छात्रबृद्दीनामक “जिनिस” पाएर विदेशमा पढ्न गएको त बस्ताबमा हामी सम्पूर्णले उक्त परिक्षामा तिरेको सम्पूर्ण पैसाको १०% पनि होइन अनि नयाँ शक्ति निर्माण कर्ताले कतार दुबईमा गएको नम्बर देखेर हुन्छ? एक दिनमा “एन्ग्री बर्ड” बाट कति पैसा आम्दानी हुन्छ हिसाब गर्नु भएको छ? जुन त्यहि छात्रवृद्धि नामक सहुलियत पाएर गएको नेपाली हो जसको हिसाब गर्ने हो भने सम्पूर्ण बिदेशमा बसेर ज्यामी काम गर्ने कामदारको आधा तलब भन्दा बढी हुन्छ जून के ले गर्दा थाह छ? अनि त्यहि स्व.बि.यू. चुनाबको राजनीतिले ९०% भन्दा बढीलाइ विदेशिने सोच दियो अनि तिनैलाइ प्रसय दिएर तपाइँका कति पेज लेख अखबारमा छापिए कतिवटा टेलिभिजन कार्यक्रम भने! भन्नुहोस तपाइको नयाँ शक्ति कुन धरातलमा उभिएको छ?
नयाँ शक्तिको अभियान कर्ताहरु कि त संचार क्षेत्रका हुनुहुन्छ कि त प्रबिधि ब्यबसयिकता क्षेत्रका तर हिजो धुलिखेलको IT Park मा काम गर्ने साथीहरु बिदेशिदा तपाइँको कुनै कलमले एक लाइन रंगियो? अनि त्यस्लाइ ब्यबसयिकता तिर लानु पर्छ भन्ने तिर एक बचन गयो? भन्नुहोस नेपालीनक्स (Nepalinux) बनाउने साथीहरु, नेपाली कि-बोर्ड बनाउने साथीहरु, देखि अन्य धेरै साथीहरु जो बिट बिट(कप्यूटर-डाटा एकाई)लाइ डलरमा परिबर्तन गर्न सक्षम थिए ती पलायन हुदा तपाईका नयाँ शक्ति के खगेन्द्र शंग्रौलाको जस्तै नशामा लट्ठ भएर अरुको गुण-गान समय अनुसार गाउन उद्दत थियो?

हावा चल्दा नहल्लिने पात हल्लाएर हुदैन यसलाई संरचना बनाउन सक्नु पर्छ| आज आन्दोलन गर्ने भन्दा भाटा बोकेर आउने अवस्था भएको शिक्षित समाजलाइ नयाँ शक्तिमा परिबर्तन गर्न नयाँ नेतृत्व कत्तिको सक्षम छ भन्ने हो| विदेश पलायन हुने अबस्थामा रहेका जनशक्तिलाइ कसरि स्वदेशमा रोक्ने भन्ने स्पस्ट योजना र त्यसको कार्यन्वयन पक्ष नै नयाँ शक्तिको उत्तम अवतरण पक्ष हुन सक्छ न कि बाबुरामको असफल स्व-रोजगार कार्यक्रम जस्तो चम्चे पोस्ने योजना| हाम्रो अहिलेको प्रखर बहसकर्ता तथा यसको भाबी नेतृत्व रबिन्द्र मिश्र ज्यू, उज्ज्वल थापा ज्यू लगायत अन्य अग्रजहरु यसको लागि कस्तो खाका तयार गर्नुहुन्छ भन्ने हो| फेरी हामीले सुन-पानीले छर्केर पहिले कै काला-कुटहरुलाई यसमा मिसायौ भने मावोबादी-मधेशबादी लगायत अन्य पछि देखिएका खिचडी हुने निश्चित छ| र अब आउने नेतृत्वले यी पुराना काला-कुटसमक्ष घुडा टेक्छ कि टेक्दैन?

पहिले आफ्नो ऐना हेरौ, आफुलाई कारबाही गरौ अनि बाँकि भ्रस्टचारी खोज्नेकि कम्रेड?

वाई.सी.एलको भ्रस्टचारी, कालाबजारीहरुलाई स-शक्त खोजेर कारबाही गर्ने कुरा अहिले केहि मावोबादीप्रति सहानुभूति राख्ने तथा ढिलासुस्ती, भ्रस्टाचार आदि इत्यादीबाट आहत भएका नेपालीहरुलाई केहि हदसम्म राहत हुने हो कि भन्ने देखिन्छ| यो आज मात्रै नभएको होइनन् हिजो पनि सस्तो लोकप्रियताको लागि कांग्रेशलगायत लगभग सबैले केहि न केहि रूपमा गरेको अनुभब हामी सबैलाई छ| यस्तो सस्तो लोकप्रियताको लागि गरिएकाहरु हीजो कत्तिका सफल भए र आज त्यसको निरन्तरता? हुन त सफल नभए पनि राम्रो कामको लागि पटक पटक स्वरूप नफेरी वा फेरेर गर्न सकिन्छ तर हीजो यस्तै यस्तै कार्यक्रम गर्दा जनताले केहि राहत भन्दा पनि उल्टै पार्टीपंतिले नै ठुलो राहत पाएको छ सायद आज निस्केका नवधनाड्य देखि लिएर स्विस बैंकमा भएको भनिएको सबै यसैको परिणतिहरु हुन्| जे भए पनि मेरो विचारमा के हो वास्तविक भ्रस्टाचार, के हो वास्तविक ढिलासुस्ती, अनि अन्य अन्य कुराहरु?
व्यक्तिगत, सामुहिक तथा नेतृत्वगत आचरणहरु:
१)       व्यक्तिगत आचरण- यदि जुन सुकै ब्यबसाय, सेवा, अथवा कुनै न कुनै जिबिको पार्जन गर्ने पेशाले आफुले नै उत्पादन गरेर आफैले खपत गरेको कहिँ उदाहरण छैन| एकले उत्पादन गर्छ अर्कोले त्यसलाई उपभोग गर्छ यदि उक्त उत्पादक, सेवा प्रदायक, वा उत्पादक देखि उपभोक्ता बीचका जति सुकै माध्यमले पनि आफ्नो आचरणलाइ परिबर्तन गरि ना-जायज फाइदा (अरुलाई कुनै न कुनै रुपमा बेफाइदा हुन्छ) लिन खोज्छ भने त्यो उसको भ्रस्ट-आचार हो अर्थात उसको त्यहाँ नैतिकता गुम्यो|
२)       समुहगत आचरण- एक समूहले अर्को समूहलाइ निषेधित गर्नको लागि आफ्नो गलत नियत प्रयोग गर्नु पनि भ्रस्ट-आचार हो
३)       नेतृत्वगत आचरण- व्यक्तिगत, समुहगत आचरणलाइ दुषित बनाउन उत्प्रेरित गर्ने नेतृत्वलाइ नेतृत्वगत भ्रस्टाचार होइन र?
सबैजस्तो राजनैतिक पार्टीका कार्यकर्ताहरु माउ पार्टीले आव्हान गरेको आन्दोलन भनौ या बन्द हड्ताल सफल पार्नको लागि भोक-तिर्खा-निद्रा देखि आफ्नो सबै काम छोडेर जाने गर्छन| जसले उसको माउ पार्टीलाइ त केहि फाइदा नै होला तर उक्त पार्टीप्रति सम्बन्ध नभएको वा भनौ अन्य सर्बसाधारण जनतालाई सास्ती नै हुन्छ| त्यो भन्दा पनि बढी “गरेर खाने”हरुलाई एक छाक कसरि टार्ने भन्ने अत्याहसले बन्दको नाम सुन्ने बित्तिकै देखि पिरोल्न थाल्छ| यो चाही तपाइले गरेको “भ्रस्ट-आचार” हो कि होइन? तपाइको आफ्नो स्वार्थको लागि अन्य निमुखाहरुको गाँस बास कपास खोस्ने अधिकार कसले दियो? मेरो बुझाइमा राजनैतिक पार्टी भनेको (राज्य व्यवस्था सुध्रिड गर्नको लागि त्यसको “थिंक ट्यांक” हो) यदि यसैले नै विभिन्न बहानामा आफ्ना कार्यकर्ताहरुलाई राज्य व्यवस्था तहस नहस बनाउनको लागि उत्साहित गर्छ भने यी सबैमा कसको कति भ्रस्ट-आचरण छ?
भ्रस्टचार भनेको ढिला-सुस्ती भनेको सरकारी सेवा वा कुनै मुर्त बिकाश निर्माणको काममा मात्रै हुदैन, यो कुनै न कुनै अवान्छित फाइदा लिनको लागि गरिएका प्रपन्चहरु हुन्| जस्तै उदाहरणको लागि मानौ कुनै सरकारी कर्मचारीको तलब २५००० छ र उसले त्यो भन्दा बढी कुनै हालतमा कमाउन सक्दैन कमायो भने पनि महिनामा ५-१०००० बढी केहि अन्य ब्यबसाय वा केहि गरेर कमाउला अनि उसको मासिक खर्च कमाइ भन्दा बढी, जोडिए सम्पति कमाएको भन्दा बढी देखिन आउछ भने त्यसलाई हामी सिधा भाषामा भ्रस्टचार भन्ने गर्छौ| तर कम्रेड तपाइँहरु हो खुल्लामंच आउनु भयो हुंकार गर्नु भयो अनि लगभग सधै जस्तो यस्तै यस्तै गरेर बस्नु हुन्छ अनि तपाइको रहन-सहन ज्याय-जेथा पहिलेको भन्दा केहि भिन्न हुदै गएको छ भने भन्नुहोस तपाइले चाही के गर्नु भयो? यदि तपाइले कुनै बन्द-ब्यापार गर्ने भए ब्यापारीलाइ एकमिनेटको एक दिनको महत्व कति हुन्छ त्यो भनेर भन्नु पर्दैन| जागिरे भएको भए तपाइको यस्ता क्रियाकलापबाट सेवाग्राहीमा पार्न गएको ढिला सुस्तीलाइ के भन्नु हुन्छ?
सङ ठुला योजनामा गरिएका बार्गेनिंगहरुमा कम्रेडहरु पनि चोखो त कतै हुनुहुन्न होला, जुन विभिन्न पत्र पत्रिकाले बेला-बेलामा अन्य सहित तपाइँ(व्यक्ति) तपाईहरुको पार्टी(समुह) र नेतृत्वको नाम जोडेकै छन्, त्यसलाई पहिले पखालेर अन्यलाइ सुरु गर्ने कि? किनकि गाउ सफा गर्ने अभियानमा निस्कदा आफ्नो घर चाही सुँगुरको खोर जस्तो राखेर हुंकार दिन मिल्दैन हजुर|

दिल्लीमा भ्रस्टाचार बिरोधिले सबैलाई कुचो लगायो भनेर सुरु गर्नेहरुले सानो नै ऐनामा भए पनि आफ्नो अनुहार हेरेर निस्किए उत्तम हुने थियो, नत्र फेरी कुचो लगाउने निहुमा पहिलेको जस्तै फेरी झन् गाउभर फोहोर गर्न के बेर|